logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को अध्यक्षमा अर्जुनराज खनिया मनोनित


  • जन आकाश
  • बिहिबार, चैत्र २९ २०७४

एनआई सी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीएनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्वगर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । नयाँ सञ्चालक समितिमा श्री अर्जुन राजखनिया ज्यूलाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष श्री खनियाज्यूले नेपालराष्ट्र बैंक, बैंक तथावित्तीय संस्था नियमन विभाग काकार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलज्यूबाट पद तथा गोपनियताको सपथलिनुभएको छ ।श्री खनियाज्यूले एनआई सी एशिया बैंकको मुख्यजनसम्पर्क अधिकृतको रुपमाकार्यरत हुनुका साथै उहाँले बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रियकार्यालय स्थापनागरि मिति २०७४ मंसिर १२गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामाबैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा श्री दिनेश भारी ज्यू, श्री विशाल सिग्देलज्यू, श्री तेज राजतिमिल्सिना ज्यू र श्री पदम ठकुल्लाज्यू रहनु भएको छ ।
साथै,एनआई सी एशिया बैंकलाई सर्वसाधारणबाट दर्शाउनुभएकोे प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखाकार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्गमार्पmत् बैकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो संजालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू १५५अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू १०७अर्ब र कुलनिक्षेप करिब रू १३१अर्बपुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथ कुलनिक्षेपको आकारको हिसाबले निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend