logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटिजन्सद्वारा कमल निम्नमाध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान


  • जन आकाश
  • बिहिबार, चैत्र २९ २०७४

“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवापुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री कमल निम्न माध्यमिक विद्यालयलाई रू २,५००,००आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेकवर्ष बैंकले आफ्नो बार्षिकउत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीको समुपस्थितिमारू दुई लाखपचास हजारको चेक विद्यालयका प्राचार्य श्री एमबि खड्काललाई श्रीमती उमंग शमाद्वारा हस्तान्तरण गरियो । विद्यालयका प्राचार्य श्री एमबि खड्काले उक्त रकम शिक्षकहरुलाई तलब सुबिध ाप्रदानगर्न उपयोग गर्नेकुरा जानकारी गराउनु भयो । कार्यक्रमलाई सँवोेधन गर्नेक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाशहुनु नितान्त आवश्यक रहेको कुरालाई जोड दिनुभयोे एक प्रसङ्गमा बोल्दै प्रमुखकार्यकारी अधिकृत श्री भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदानगर्न सक्ने कुरामा जिकिर गर्नु भयो र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्वन्द्व खेप्नु परेको कुरा व्यक्तगर्नु भयो । उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्तगर्दै खुशियाली जाहेर गरेका थिए ।



अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारील जानकारी गराउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend