जन आकाश
“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीलेरू एकलाखको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष श्री शिव गोपाल थापा मगर लाई हस्तान्तरण गरियो । कार्यक्रमलाई सँबोेधनगर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले समाजमा राम्रा र नराम्रा दुवै प्रकृतिका मानिसहरु हुन्छन तर एक शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समिपमा राखेर असल मानिसमा परिणत गर्नु हो भन्ने सार गर्भित विचार व्यक्तगर्नु भयो । मानिसमा उद्यमशिलताको विकाशहुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिनुभयोे । एक प्रसङ्गमा बोल्दै प्रमुखकार्यकारी अधिकृत श्री भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदानगर्ने सक्ने कुरामाजिकिर गर्नु भयो र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्रन्द खेप्नु परेको कुरा व्यक्तगर्नु भयो ।
उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए ।अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीले जानकारी गराउनु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend