logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फोटो पत्रकारिता पुस्कार कार्यक्रम


  • जन आकाश
  • बिहिबार, बैशाख १३ २०७५

 



काठमाडौँ, १३ वैशाख ः नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट दि हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनु भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उहाँलाई वर्षको उत्कृष्ठ फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गर्नुभयो ।

पुरस्कारको राशी रु एक लाख र प्रमाणपत्र रहेको छ ।

यस्तै राजनीतिक फोटो विधा तर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ सम्मानित हुनु भएको छ । रु २५ हजार नगद, सम्मानपत्रबाट सभामुख महराले उहाँलाई सम्मान गर्नुभएको हो ।

यस्तै स्वतन्त्र फोटो पत्रकारिता पुरस्कारबाट नरेशकुमार श्रेष्ठ, खेलकुद फोटोपत्रकारिताको पुरस्कार कान्तिपुरका पंकज श्रेष्ठले हात पार्दा, मनोरञ्जन विधातर्फ डिसी नेपालका आर्यन धिमाल पुरस्कृत हुनुभयो ।

यस्तो मोफसल फोटो पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका मनोज पौडेल सम्मानित हुनुभयो । यस्तै महिला फोटो पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिककी चन्द्रकला श्रेत्री, व्यवसायिक फोटो पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका सागर श्रेष्ठले पुरस्कार हात पार्दा, दैनिक जनजीवन फोटो पत्रकारिता विधामा दि हिमालयन टाइम्सकै गौतम पुसरुकृत हुनुभयो ।

यस्तै क्रियाशिल फोटो पत्रकारिताको पुरस्कार धादिङ पोस्ट डटकमका नारायण सिल्वाल, अनलाइन फोटो पत्रकारिता विधा तर्फ प्रविन कोइराला र पर्यटन तथा संस्कृति फोटो पत्रकारिता तर्फ राजधानी दैनिकका सुशीलकुमार श्रेष्ठ पुरस्कृत हुनुभयो । सबै विधाका पुरस्कृत फोटो पत्रकारको पुरस्कारको राशी रु २५ हजार नगद, प्रमाणपत्र रहेको छ ।

यस्तै लाइफ टाइम्स अचिभमेन्ट अवार्डबाट वरिस्ट फोटो पत्रकार गोपाल चित्रकार पुरस्कृत हुनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख कृष्णबहादुर महराले जोखिमपूर्ण काम भए पनि फोटो पत्रकारले सत्यको उजागर गर्ने भएकाले आगामी दिनमा थप सफलताको कामना गर्नुभयो ।

उहाँले इतिहासको साक्षीका रुपमा रहने फोटोपत्रकारको मेहनत, कला र सीपको सम्मान गर्दै आगामी दिनमा थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend