logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चलनचलतिमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी


  • जन आकाश
  • शनिबार, बैशाख १५ २०७५

डिलकुमारि नेपाल
,चितवन,बैशाख १५ चितवन आई पुगेका उद्योगमन्त्री मातृकाप्रसाद यादवले चलनचलतिमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै खुलाउन अपिल गनुभयो सबै उद्योग कलकारखाना सरकारले जनतालाई दिएको छ,त्यसको रिपोर्ट तयार गर्दै छौं,यादबले भननु भो ,चलेका उद्योगलाई सहयोग गनु पछ ,नचलेकालाई राष्ट्रियकरण गर्छौ ।” सरकारले निजिकरण गरेका धेरै उद्योगहरु चलाउने भन्दा पनि साईनबोर्ड झुड्याउने र त्यसको नाममा व्यापार गरेका यादवले भने । उनले देशमा उद्योग कलकारखाना संचालन गरेरै छाड्ने दावी गदै बैदेशिक लगानी,नीजि क्षेत्र र आम जनताको लगानी उठाएर उद्योग संचालन गरिने सुझाब समेत दिनुभयो ।
मन्त्री यादवले देशमा भटाभट उद्योग कलकारखाना खुलेकाले सरकारले फलाम उद्योग संचालन गर्न लागेको बताए । “राष्ट्रिय उद्योग वेचेर खाने विगतको परम्पराले गर्दा उद्योग व्यबसाय फस्टाउन नसकेको हो,भन्दै उहांले कडा रुपमा प्रश्तूतहुदै नेता कर्मचारी कमिसनको लोभमा फस्दा उद्योगको विकास हुन नसकेको दाबि गदै यस्ता परिकल्पना गने कमचारिलाई कडा भन्दा कडा कारबाहि गरिने चेथावनि दिनुभयो ।अब बिकास गर्नु हामि सबैको दाइत्व भएको छ । बिदेशबाट कच्चापदार्थ नलेई अब सवदेश मै उत्पादन गनुपने सुझाव दिनुभयो ।नेपालमा खुल्ला बजार नीति र उदारीकरणको गलत प्रयोग भएको भनाई छ । यादबले भने “सरकारी धन भनेपछी जस्ले पनि लुट्न खोज्ने र खाइहालौं भन्ने चलनचलति छ यसैको कारण हो । यादवले भने,विकास गराउन गाउमा पठाएको रकम कसरी खाँउ भन्ने ध्याउन्नमा त्सबै केन्द्रित छन् ।” देशमा आर्थिक विकास गरेर सुशासन तर्फ लैजान बाम गठबन्धनको सरकार केन्द्रित भएको उनले पत्रकारलाई बताए । मन्त्री यादवले जनताको जनादेश अनुसार नेकपा एमाले र माओवादी बिच पार्टी एकता हुनुपने दाबि गदै एकता भएरै छाडने खुलासा गनुभयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend