जन आकाश
आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाहरुको शुभारम्भ गरेको छ । यी शाखाहरुको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ६० पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बीच बैंकका महाप्रबन्धक श्री संजीव मानन्धरले शाखा कार्यालय फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले शाखा कार्यालय सरावल, शाखा कार्यालय मायादेवी र शाखा कार्यालय शुद्धोधनको समुद्घाटन गर्नुभयो ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेर्को छ ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउँदै जाने प्रतिबद्धता पनि प्रकट गरेको छ । प्रेश विज्ञप्तीमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend