logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सातौ नेपाल हव्र्स आयुर्वेदा एक्स्पो २०७५ आजबाट


  • जन आकाश
  • शुक्रबार, बैशाख २१ २०७५

काठमाडौं । सातौ नेपाल हव्र्स आयुर्वेदा एक्स्पो २०७५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । उक्त एक्स्पो आज शुक्रबारबाट तीन दिनसम्म चल्ने छ । एक कायृक्रमका बीच मेलाको समुद्घाटन माननिय वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेतज्यु गर्नुभयो ।
मेलाको उद्घाटनगर्दै मन्त्री बस्नेतले बन,जंगल र जडबिुटीको अधिकतम उपभोगगर्दै यसको उत्पादन, प्रशोधन र बितरणमा लाग्नुपर्ने बताउनु भयो । उहाले नयाँ संविधानको मर्म बमोजिम कानुनहरु निर्माण गर्ने चरणमा सरकार प्रबेश गरेकाले सरकारले जडीबुटी मैत्री कानुन निर्माणगरी समग्र यो ब्यवसायको विकासमा सहयोग गर्ने धारणा राख्नुभयो ।
नेफाका अध्यक्ष तथा कार्यक्रमका सभापति गोबिन्द घिमिरेले जडीबुटी निर्यातमा १० वर्षमा १० प्रतिशतले मात्र बृद्धि भएको, निकासी जन्य जडीबुटीहरुमा कच्चा जडीबुटी भारत र चीन निकासी भइरहेको, सुगन्धित तेलहरु युरोप निर्यात भइरहेको जानकारी दिर्दै २०७३। ०७४ मा औषधिजन्य जडीबुटी ९९ सय करोड र सुगन्धित तेल ४० करोड जतिको निर्यात भएको बताउनुभयो । उहाँले ३२० प्रजातिका जडीबुटी व्यापारमा आएको अध्ययनले देखाएको समेत जानकारी दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष तथा संसद पार्वत गुरुङले नेपाली जडीबुटीको विकासले हजारौ यो क्षेत्रमा लागेका ब्यवसायीलाई माथी उकास्ने बताउदै सरकार यो क्षत्रको विकासमा कटिवद्ध रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा अतिथिको मन्तब्य दिदै नेपाल उदोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छले भन्नुभयो ‘हामी अब आर्थिक विकासको बाटोबाटपछाडि फर्कन सक्ने अबस्थामा छैनौं । हरेक क्षत्रको विकास हाम्रो आवस्यकता हो । त्यसैले अब सरकारले हरेक क्षत्रको विकासमा उत्तिकै जोड दिनु पर्छ । नेपाली जडीबुटी संसारमै प्रसिद्ध भएकाले यसको उत्पादनसंगै भ्यालुएड गर्नुपर्ने, गुणस्तरमा जोड दिनुपर्ने र अन्र्तराष्ट्रिय बजारमा ब्रान्डीङ गर्नुपर्ने धारण राख्नुभयो ।
त्यस्तै टिइपिसीका कार्यकारी निर्देशक शरद विक्रम रानाले जडीबुटी क्षेत्रले कुल निकासीको १.५ प्रतिशत हिस्सा ओगटेकाले यसलाई बढाएर तत्काललान कसरी कामगर्न सकिन्छ त्यसको लागि आफु तयार रहेको बताउनुभयो ।
चेम्बरका उपाध्यक्ष कमलेश अग्रवालले जडीबुटीको बजार अत्यन्त राम्रो रहेकाले यसको बजारीकरणमा निजी षेत्रलाई सघाउन सरकारलाई आग्रह गर्नु भयो ।
७५ वटा स्टलसहित नेपालमा उत्पादन हुने स्वदेशी कच्चा पदार्थ जडीबुटी र ती वाट निर्मित वस्तुहरुको प्रदर्शनी यस मेलामा स्वकेश गरिएका छन । यस पटकको मेलामा हामीले जडीबुटीको प्रयोग, प्रजाति र प्रसोधनका आधारमा अर्गानिक प्रमाणित , फुडसप्लीमेण्ट, कस्मेटिक उत्पादन, कृषिजन्य उत्पादन, औषधियजन्य वस्तु र सेवा, आयुर्वेदिक औषधी स्वस्थ्य उपचार सेवा, विउ विरुवा नर्सरी, अनुसन्धान अध्ययन अध्यापन क्षेत्रका विश्वविद्यालय, कलेज, परिक्षण व्यवहारिक ज्ञान शीप, जडीबुटीको जानकारीका लागि बृहत फोटो प्रदर्शनी, अन्तराष्ट्रिय बजारमा पहिचानका लागि नेपाल हव्र्स कलेक्टिभ लोगो (दर्तामा गइसकेको उद्योग विभागमा ) लाई फोकस गरी मेलामा सहभागि गराएका छौ । त्यसै गरी व्यावहारिक प्रविधि, औजार सामाग्रीहरुको प्रर्दशनीमा, रहेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend