logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राप्रपा फुटको कारण कमल थापा नै हो ।


  • जन आकाश
  • आइतबार, बैशाख ३० २०७५

दिलानाथ गिरी, प्रमुुख सचेतक तथा पूर्व पर्यटन तथा संस्कृती मन्त्री
नेपालमा प्रजातन्त्र स्थापना भएपछि सबैभन्दा धेरै फुट्ने पार्टी भित्र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि पर्छ र सगसँगै नेपालको हरेक सरकारमा सहभागी हुने मध्यको पार्टी पनि यहि हो । त्यति मात्र हैन गणतन्त्र स्थापना पछि समेत सरकारमा कुनै न कुनै रुपमा सहभागीता जनाइनै राख्यो तर २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछि भने प्रतयक्षमा एक सीट मात्र जित्न सफल भएपछि सरकारमा सहभागिता हुने बाटोमा पूर्णविराम लागेको छ । यहि सेरोफेरोमा केन्द्रित भएर हामीले राप्रपाका प्रमुख सचेतक दिलानाथ गिरिसँग पछिल्लो राप्रपा गतिविधिको बारेमा कुराकानी गरेका छौं ।
राप्रपा ३ टुक्रामा विभाजित छ, यस्को बास्तविकता के हो ?
यो हाम्रो पार्टी विभाजन हुनुहुदैनथ्यो भयो, यो दुखत कुरा हो । हाम्रो पार्टी प्रति आस्था निष्ठा राख्ने जनता, कार्यकर्ता, लगायतले हाम्रो पार्टी विभाजन हुँदा कसैले पनि सकारात्मक रुपमा लिएका छैनन् त्यसकारण यसलाई शिक्षाको रुपमा लिनुुपर्छ । दोस्रो कुरा राप्रपा विभाजन तिर अग्रसर छ भने अर्कोतर्फ साठी वर्ष देखि विकेन्द्रित रुपमा रहेको कम्युनिष्ट घटकहरु एक ठाँउमा आउने अभियानमा छन् । त्यो सकारात्मक पक्ष होे । जुट्नु सकारात्मक पक्ष हो । त्यसलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पनि सकारात्मक लिएको छ । त्यसकारण यो स्थितीमा जुन उद्देश्य लिएर हाम्रो पार्टीमा हामीहरु हिडिरहेका छौं यस्तो टुटफुट मानशिकताबाट गैराख्यौं भने हाम्रो एजेण्डा स्थापित गर्न सक्दैनौं । सम्पुर्ण नेता देखि कार्यकर्ता सम्म यो बुझाई पुगीसकेको छ । त्यसैले हामी चाँडो भन्दा चाँडो पार्टीलाई एकता गर्न छिटै एकतामा लगेर महाधिवेशन सम्म सामूहिक नेतृत्वमा जाने महाधिवेशन पछाडि एकल नेतृत्वमा स्थापीत गरेर राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापीत गर्ने अभियानमा हामीे लागेका छौं । यो काम हामीले गर्न सकेनौं र हाम्रो पार्टी एकता हुन सकेन हामीले हाम्रो एकताको प्रतिवद्धतालाई पूरा गर्न सकेनौ भने यो पार्टी नाङले पार्टीको रुपमा पतन हुन्छ । त्यस्तो भयो भने न जनताको, न कार्यकर्ताहरुको विश्वास हुन्छ । त्यो परिस्थिती सृजना हुनेहुनाले त्यस्तो अवस्था हुन नदिन र विगतका तिता मिठा कुराहरु भुलेर पार्टी एकतामा सबै जिम्मेवार नेतृत्वमा लाग्ने छौं भन्ने प्रतिवद्धता हो ।
अहिले नै नाङले पार्टी भैसक्यो हैन र ?
नाङले पार्टी बनाइयो । विभिन्न अन्तराष्ट्रिय चलखेलहरु गरेर अझै पनि नेतृत्व गर्ने नेताहरुले बुझेनन भने नाङले पार्टी भएर अस्तीत्व नै समाप्त हुन्छ ।
तपाईहरु महत्वपूर्ण निर्वाचनको बेला ३ वटा गुट चलाएर निर्वाचनमा जाँदा जनतामा नराम्रो छाप गै सक्यो अब पनि पार्टी एकता हुन्छ भनेर पत्याउने आधार के ?
यो अत्यन्तै महत्वपूर्ण कुरा उठाउनु भयो यो विषय चुनावको बेलामा अरु पार्टी एक भएर जान्छन् । हामी विभाजित भयौ यो नेतृत्वको कारणबाट भएको हो । नेतृत्वको अर्कमण्यता, हठ, अदुरदर्शिता, संक्रिणता त्यसकारण अब हामीले नेतृत्वलाई नै परिवर्तन गर्ने गरि नयाँ नेतृत्वलाई अगाडी बढाउने गरि अहिले हाम्रो अभ्यास भै राखेको छ । पुरानो नेतृत्व कमल थापाले लोबलालच गरेर जनतालाई दुःख दिने खालका कार्यहरुले गर्दा नेता – कार्यकर्तामा विचलन आएको हो र पार्टी विभाजन भएको हो । पार्टी विभाजन हुनुमा एउटै मात्र कारण कमल थापाको कारण हो । पार्टी विभाजन हुनुमा अरु कसैको कारण छैन । त्यसैले सबै कार्यकर्ताको धारणा कमल थापा बाहेकको पार्टी एकीकरणको प्रस्ताव आएको छ । एकीकरण हुदाँ नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण सामूहिक नेतृत्वमा पार्टी जानुपर्दछ भन्ने पक्षमा पनि छलफल भै राखेको छ ।
कमल थापाको कै अर्कमण्यतामा पार्टी फुटेको तपाइले भन्नु भयो ऐतिहासिक पाँचौ महाधिबेशनमा कमल थापालाई तपाईहरुले नै अध्यक्ष बनाएको हो नी ?
पार्टीको महाधिबेशन हुनजेल सम्मको अवस्था र त्यतीबेलाको पार्टीको गतिविधी हेर्दा हामी नेता कार्यकर्ताहरु सबैले कमल थापालाई उपयूक्त नै ठानेका थिंयौ । उहाँले उठाएका मुद्दा राजसंस्था, हिन्दु राज्य स्थापना गर्न सक्छौं एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सक्छौं भन्ने सबैको एक्यबद्धता रहेको थियो । तर ऐतिहासिक एकिकरण भै सकेपछि मुद्धा र पार्टीलाई स्थापीत गर्न नसक्नु, सरकारमा जाँदा जनसेवाका काम छोडेर भ्रष्टचारमा लिप्त हुनु जस्ता कारण र व्यवहारहरु कमल थापाले देखाएको हुँदा यस्को सम्पूर्ण कारण कमल थापा नै हो । उहाँकै कारणबाट पार्टी विभाजन भयो । सरकारबाट बाहिरीनु पर्ने परिस्थीति सृजना भयो । विधि विधानलाई छोड्नु भयो हुँदा हुँदा उँहात हौसिदै मैले जे गर्दा पनि हुँदो रहेछ भन्ने मानशिक्ताले काम गरेको देखियो । उनका सल्लाहाकार, सहयोगीहरुले पनि त्यस्तै निरङकुस बनाउने भूमिका खेले त्यसैकारण पार्टीको अहिले यो दुर्गती भएको हो । त्यसबाट उन्मुक्ती पाउनका लागि उहाँकै नेतृत्वका कारण विभाजित भएका नेतृत्वलाई एक ठाउँमा ल्याउने सामूहिक नेतृत्वमा विकास गर्ने यदि त्यसो गर्न सकिएन भने म आज नै यो तपाईहरुको मिडिया मार्फत घोषणा गर्न चाहान्छु । ६० वर्ष देखि एक हुन नसकेको कम्युनिष्ट घटकहरु एक ठाउँमा आएर मूलुकलाई बलीयो बनाउनुपर्छ, बलियो नेतृत्व दिनुपर्छ भनेर संगठित हुने, हाम्रो पार्टी विभाजित भएर जाने हो भने जनताबाट हामी टाढा हुन्छांै ।
त्यस्तै प्रजातान्त्रिक शक्तिको रुपमा रहेको नेपाली कांग्रेसले त्रुटी गरेको छ, ठूलो भूल गरेको छ । नेपाली कांगे्रस स्थापना कालमा नै संबैधानिक राजसंस्था, हिन्दुत्वलाई अंगिकार गरेर विपिको कार्यकाल सम्म प्रजातन्त्रलाई बलियो बनाउँदै आएको कांग्रेसले पछिल्लो समयमा प्रजातान्त्रिक योजनालाई अन्तै तोडमोड गरियो । विपिको सिद्धान्त छोड्यो त्यसैको कारण कांग्रेस आज नराम्ररी नाङगीएको छ । अब नेपाली कांग्रेसले गरेको गल्ति सच्याएर जाने हो भने संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र मानेर गयो भने सबै प्रजातन्त्र बादी शक्तीहरु विचको एउटा इलाइन्मेन्ट हुन सक्छ । एउटा कम्युनिष्ट पार्टीहरुको इलाइन्टमेनट हुन्छ । मूलुक दुइ पार्टी सिष्टममा जान सक्छ । यो स्थितीमा राप्रपाको कुनै अस्तित्व हुँदैन । नेपाली कांग्रेसको नेतृत्वमा देश चल्न सक्छ । यो सम्भावनालाई पनि हामीले नकार्न मिल्दैन ।
तपाईहरुको पार्टी स्थापना हुँदा मध्यमार्गी धार पछि राजतन्त्र सहितको प्रजातन्त्र भन्दै आयो अहिले त गणतन्त्र स्थापना भै सकेको छ । यो ३ वटा विषय मध्य तपाइहरुको खास के हो ?
सबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पार्टीको लाइन हो यसको पिकल्प छैन । ९४ प्रतिशत हिन्दुहरुको आस्थाको केन्द्रविन्दु नेपाल राष्ट्रको मान्यता हो । यो नेपाली जनताको चाहाना हो । यसलाई कमजोर बनाउन देशी विदेशी शक्तिहरु लागेका छन् । देशी विदेशी शक्तिको प्रयोग हुँदा नेपाली कांग्रेसले समेत त्यसको प्रत्यक्ष महसुुस गरि राखेको छ ।
अहिले प्रधानमन्त्री केपी शर्माको राष्ट्रबाद र समृद्धि तपाईलाई कस्तो लाग्छ ?
कुनै बेला माहाकाली सम्झौता र पञ्चेश्वरको विषयलाई लिएर बामदेव लगाएत नेताहरु पार्टी छोडेर गएका थिए र केपीले त्यतीबेला माहाकालीको पक्षलिइ पञ्चेश्वरबाट नेपाललाई बार्षिक १ खर्ब २० अर्व फाइदा हुन्छ भन्ने हावादारी कुरा र अहिले गरेको घरघरको चुलोमा पाइपबाट ग्यास, रेल, पानीजहाज, हल्लाबाजी एउटै हो । जुन देशका लाखौंलाख युवाहरु लाइन बसेर विदेश गैरहेका छन् त्यो देशको समृद्धिको कुरा गर्नु जनतालाई बेकुफ बनाउनु सिवाय अरु केहि पनि हैन । मलाइ त यस्तो लाग्छ्र महेन्द्रको ३० वर्षे कालमा जनतालाई सेवा सुविधा धेरै दिइन्थ्यो तर अहिले चैं नेताहरुले नारा राम्रो लगाउने काम केहि पनि नगर्ने । त्यस मध्येको वली नेतृत्वको सरकार पनि एक हो । १९६२ तिर हामीले भारत, चिन, कोरिया लगायत देशमा खाद्यन्न निर्यात गर्दथ्यांै आज हामी खरबौंको कृषिजन्य सामाग्री आयात गरेर खान्छौ ।
देशमा निकै खतराका संकेतहरु उत्पन्न भएका छन् । अस्ति भर्खरै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीले जनकपुरमा हिन्दी भाषामा भाषण गरे राष्ट्रियता खतरामा छ, कतै देशले अर्को जंग ब. को खोजी त गरेको हैन, तपाइलाई कस्तो लाग्छ ?
यो अर्कमण्यता सरकार, दल, नेताहरुले जनताको विश्वास माथी खेलबाड, राष्ट्र प्रति खेलबाड गरेभने जे पनि हुन सक्छ । म एउटा दृष्टान्त भनौं २०६२।०६३ को आन्दोलन केको विरुद्धमा आएको थियो त्यो आन्दोलनको उद्देश्य के हो ? २०५१ सालमा सेर ब. जीको प्रधानमन्त्री कालमा माओबादीले ५१ बुँदे माग पत्र दिदा त्यो सम्बोधन नर्गदा त्यतिबेलाको जनमोर्चाजंगल पस्न बाध्य भयो सोही कारण मूलूकको अवस्था अस्त व्यस्थ भयो । कांग्रेस र एमालेका मान्छेहरु थुप्रै मारिए तर सत्ताको फोहोरी खेलको लागि त्यही कांग्रेसले माओवादीको टाउकाको मोल तोक्यो । त्यहि कांग्रेसले त्यसैसँग सहकार्य गरेर सत्तामा जाने जुन किसिमको हर्कत देखायो त्यो राष्ट्र र जनता प्रतिको बेइमानी हैन ? माओवादीले पनि जसको विरुद्धमा आन्दोलन ग¥यो त्यो सँग सहकार्य गर्न जानु त्यो जनता प्रतिको बेइमानी हैन ? अब यिनीहरुले के गर्छन भनेर नेपाली जनताले विश्वास गर्ने यिदलहरुको खै सिद्धान्त, खै निति, खै कार्यक्रम, सत्ताको निम्ती जे पनि गर्न तयार हुने यस्ता नेताहरुले चलाएको पार्टीहरुबाट आश गर्ने ठाँउ केहि पनि देखिदैन । यसको विकल्प छिटो खोजिनु पर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend