जन आकाश
जेष्ठ ७, पोखरा ।
रेडियो जननी ९०.६ को आयोजनामा पोखराको श्री शिवशक्ति मा.वि. मा बिश्वव्यापी रुपमा चासो र चिन्ताको बिषय बनेको जलवायू परिर्वतन, सरसफाई एवं फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बदलिदो हावापानीको प्रभावका कारण मानविय जिवनशैलीमा उतार चढाव हूँदै गईरहेको बेलामा यस बिषयमा राष्ट्रिय अन्तराष्ट्रिय तहमा समेत बहसपैरवी भईरहेका छन् । वातावरणमा अकस्मात परिवर्तन हुनु, समयमा बर्षा नहुन , बाढि पहिरो भूक्षय बाट उच्च जोखिम हुनु, उत्पादन घट्नु , समुदायको जिविकोपार्जनमा असर पर्नु, हिमनदीहरु पग्लदै जानु जस्ता परिवर्तनका कारण मानव जिवनमा ठूलो असर पर्दै गईरहेको हुँदा बिधालय स्तरबाट चेतना जगाउनका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं रेडियो जननी ९०.६ का अध्यक्ष मिलन थापाले विद्यालय स्तरीय कार्यक्रलाई विद्यार्थीहरु माझ प्रस्तुत गर्दा सकरात्मक प्रतिक्रिया मिलेको बताउनुभयोे । उहाँले घर, परिवार, समाज र राष्ट्रका निम्ति समेटेर तयार पारिएको कार्यक्रमले विद्यार्थीमा वातावरणको बारेमा सचेतना फैलाउनका लागि मद्दत मिल्ने बताउनुभयोे । विद्यार्थीहरुले सिकेका विषयवस्तुलाई स्वयममा लागु गर्न र अरुलाई पनि सिकाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै श्री शिवशक्ति मा.वि.का प्राचार्य एवं कार्यक्रमका प्रमुख अतिथि शम्भुराज बाँस्तोलाले रेडियो जननीले महिलाको लागि उद्यमशिलता संगै सामाजिक कार्यलाई निरन्तरता दिदैँ आएकोमा विद्यालय स्तरीय कार्यक्रममा रही विद्यार्थीहरुको ज्ञानको बिकास गराउनका निम्ति ल्याएको कार्यक्रम प्रशंसनिय रहेको बताउनुभयो । उहाँले विद्यार्थीको व्यावहारिक ज्ञानको स्तरलाई बढाउन यस्ता कार्यक्रमहरु सहयोगी रहेको बताउनुभयो । विद्यार्थीहरुको परिश्रम र लगानशिलताले देशको बिकास र उन्नतिका निम्ति सक्षम जनशक्ति हुनेमा विश्वासत रहेको बताउनुभयो ।
सोहि कार्यक्रममा बोल्दै बिद्यालयका सहायक प्राचार्य गुरुप्रसाद तिवारीले विद्यार्थी वर्गको पाठ्यक्रमलाई लक्षित गरेर समसामयिक बिषयबस्तुलाई प्रशिक्षणको आधार बनाएर विद्यालयमा यस्ता कार्यक्रमलाई स्थान दिएको प्रति आयोजकलाई धन्यवाद प्रकट गर्नुभयो । उहाँले पाठ्यक्रममा समावेश सैद्धान्तिक ज्ञान रहेको बताउनुभयोे । यस्ता समय सान्दर्भिक कार्यक्रमबाट विद्यार्थीको चौतर्फी बिकासमा टेवा पु¥याउनको निम्ति उल्लेखनिय योगदान रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा श्री शिवशक्ति मा.वि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा आयोजना गरिने यस्ता कार्यक्रमले किताबी ज्ञान मात्र नभएर बाहिरी कुराहरुको बारेमा पनि अझ बढी सिक्ने मौका पाएको बताए । यसका साथै कार्यक्रममा उपस्थित विद्यार्थीहरुले सिकेका बिषयबस्तुहरुलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा श्री शिवशक्ति मा.वि कक्षा ९ मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरुलाई फरक(फरक सेसन विभाजन गरेर वेस्ट सर्भिस प्रा.लिका प्रोजेक्ट अफिसर पार्वती अधिकारी र स्टेशन म्यानेजर बिमला भण्डारीले फोहोरमैलाको प्रकार, विभाजन, असर, नियन्त्रण साथै फोहोरमैला व्यवस्थापन र प्रयोगको उपायहरु सम्बन्धि प्रशिक्षण गराउनुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend