logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मालेको केन्द्रीय प्रशिक्षण सम्पन्न


  • जन आकाश
  • सोमबार, जेष्ठ ७ २०७५

काठमाडौं । नेकपा माले केन्द्रीय कमिटीले कार्ल माक्र्सको दुई शतक बार्षिकीको अवसर पारेर पार्टी केन्द्रीय कार्यालयमा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । महासचिव सी.पी. मैनालीले जेठ ४ गते उद्घाटन गर्नुभएको कार्यक्रम ६ गते अपरान्ह सम्म भएको थियो ।
नेकपा मालेले सातै प्रदेशमा पशिक्षकहरु उत्पादन गरी पार्टीको प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला हुँदै सबै स्थानीय तहहरुमा पु¥याउने अभियानलाई तिब्रता दिने भएको छ । प्रमुख प्रशिक्षकको रुपमा महासचिव सी.पी. मैनालीले माक्र्सवादको आधारभूत ज्ञान र वैज्ञानिक प्रयोग गरी प्रशिक्षण दिनुका साथै मुलुकको वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा जलश्रोतविद प्राध्यापक हरि पण्डितले जल यातायात तथा जलविद्युत आयोजना र सिँचाई आयोजनाहरु बारे विज्ञको रुपमा प्रशिक्षण दिनु भएको थियो । यसैगरी प्राध्यापक डा. मुकेश चालिसेले वन्यजन्तु तथा वनस्पतिको महत्व उपादेयता बारे प्रशिक्षण दिनु भएको थियो । सीमाविद् बुद्धि नारायण श्रेष्ठले नेपालको सिमाना र अन्तर्राष्ट्रिय सिमाना सन्धीहरुको बारेमा विस्तृत जानकारी गराउँदै प्रशिक्षण दिनुभएको थियो ।
पार्टीका प्रशिक्षकहरुमा डम्बर श्रेष्ठ, गोपालमणि गौतम, निलम, केसी, खगेन्द्र प्रसाई, दिनानाथ घिमिरे, भगवती घिमिरे रहनु भएको छ । पार्टी शिक्षा विभाग प्रमुख तथा स्थायी समिति सदस्य कुमार बेलवासेको सभापतित्वमा सञ्चालन प्रशिक्षण कार्यक्रममा केन्द्रीय तहका नेताहरुका अतिरिक्त सातै प्रदेशबाट प्रतिनिधित्व गरेर आएका नेताहरुको सहभागीता रहेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend