जन आकाश
रामेछाप । मन्थली नगरपालिकाका मेयर रमेश वस्नेतले मन्थली नगरपालिकालाई व्यवस्थित शहरको परिकल्पना अनुसार आज देवकोटा चोकदेखि मदन भण्डारी चोक हुँदै रणजोर पुलसम्म फराकिलो सडक विस्तारको काम आफैं खटेर तिब्र गतिमा गरिरहेका छन् । अस्ति १२ गतेबाट सडक चौडा गर्न शुरु गरेपछि मन्थली नगरपालिकाभित्र सार्वजनिक जग्गा हडपेर बनाइएका घर टहराका मानिसहरुको ठुलो भीडले विरोध गर्दागर्दै पनि खुल्ला शहर, सफा शहर रामेछापको सदरमुकामको रहर लाई पूर्ति गर्नका लागि र संघीय संरचनामा गइसकेको बेला रामेछापको सदरमुकाम मन्थलीको मुहार उज्यालो, सफा, खुल्ला, जाममुक्त बनाउन र रामेछापको विकासको नमूना सदरमुकाममा रहेको नगरपालिकाले नै उदाहरण दिनुपर्छ भन्ने उद्देश्य राखेर काम गरेको नगर प्रमुख बस्नेतले आज बाटो विस्तारको काम गर्ने क्रममा बताएका छन् ।
उनले यस मन्थली नगरपालिकाको विकास र बाटो विस्तारमा सहयोग पु¥याउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । झण्डै २० वर्षपछि स्थानीय जनप्रतिनिधि पाएको रामेछापले विस्तारै विकासको क्षेत्रमा कामहरु अगाडी बढाएको देखिन्छ । जसमा मन्थली नगर प्रमुख बस्नेत पनि विकासको क्षेत्रमा अगाडी देखिएका छन् । हाम्रो जन आकाश मिडिया विकासका लागि सञ्चारको उद्देश्य बोकेर अगाडि बढिरहेको हुँदा हाम्रो पनि विकासवादी नगर प्रमुख बस्नेतलाई शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend