जन आकाश
लोकबहादुर टण्डन
अध्यक्ष,
ग्रीनसिटी हस्पिटल, सामाखुशी
ग्रीनसिटी हस्पिटल स्थापना र यसले पु¥याएको सेवाहरुको बारेमा बताइदिनुसन ?
मान्छेका अनेक खालका रोजाइ हुन्छन् कहिलेकाही रोजाइ भन्दा भोगाई जीवनको महत्वपूर्ण पाठको रुपमा विकास हुन्छ । आफ्नो जस्तै भोगाइका पीडाहरु अरुलाई नपरुन भनेर जागृत हुने भोगाइले राष्ट्र समाज प्रति समेत टेवा पु¥याएको उदाहरणहरु पाइन्छ । त्यस्तै गुल्मी जिल्ला छत्रकोट गा.पा. ३ मा २०२१ मा बुबा रणसिंह टण्डन र आमा तोयाकला टण्डनको कोखबाट जन्मनुभएका लोक बा टण्डनले थुप्रै रोजाइहरु नरोजेका थिएनन् गाउँको भगवती प्रा.वि. देखि अध्ययन गर्दै दिगाम आदर्श मा.वि.बाट एस एलसी र इलाबाद युनिभरसिटीबाट विएड गरेका लोक बा टण्डनले थुप्रै रुचीका विषयमा काम गर्दै युरोप, अमेरिका, एसियाका देशहरु घुमे तर जुन दिन स्वास्थ सम्बन्धि आफैलाई समस्या प¥यो र त्यो समस्याको भुक्तभोगी आफै भएपछि स्वास्थ्य क्षेत्रमा नै सेवा भावले ६ वर्ष अगाडी ग्रीन सिटी हस्पिटल खोलेर थुप्रै मानिसहरुको सेवा गरिरहेका छन् । उनै टण्डनसँग हाम्रो प्रकाशनले कुराकानी गरेको छ ।
अध्यक्ष, ग्रीनसिटी हस्पिटल, सामाखुशी ग्रीनसिटी हस्पिटल स्थापना र यसले पु¥याएको सेवाहरुको बारेमा बताइदिनुसन ?
यो हस्पिटल २०६९ साल माघ १६ गते तत्कालीन प्रधान मन्त्री डा. बाबुराम भट्टराईबाट उद्घाटन भएको हो । तन,मन, वचन र कर्मले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छु तर मेरो विषयगत यो होइन मेरो जीवनको भोगाइ पछि म मा खुलेको चेतले गर्दाखेरी म यो क्षेत्रमा छु मैले कमर्श पढेको हो । मेरो आफ्नै अपरेशन गर्नुपर्ने भयो मेरो अप्रेशन गर्दा लोडसेडिङ्ग हुने हस्पिटलमा मेरो अप्रेशन भएको थियो । त्यतिबेलै मेरो मनमा लोड सेडिङ्ग नहुने हस्पिटल खोल्छु भन्ने इच्छा शक्ति जाग्यो र यो हस्पिटलको प्रक्रिया अगाडी बढाएर हस्पिटल खोल्यौ हस्पिटल स्थापना गरेपछि धेरैभन्दा धेरै झाडापखालाबाट पिडितहरुलाई र सरुवा रोग सम्बन्धि मानिसहरुको उपचार गरेर सेवादिदै आयौ र अध्ययन पनि ग¥र्यो सरुवा रोग र झाडापखाला के कारणले लाग्दो रहेछ भन्ने अध्ययन गर्दा प¥याप्त सरसफाई नुहदा र दुषित पानी प्रयोगको कारणले भन्ने पत्ता लाग्यो काम गरेको विस्तृतमा जाँदा मैले गरेको सामाजिक कामको कुरा गर्ने हो भने एकदिनमा पनि सकिदैन तर महत्वपूर्ण सर्टकटमा सरसफाइमा ध्यान दिउ सरुवा रोग कम गरौं भन्ने यो अभियान २०७० जेठ ५ गतेबाट शुरु ग¥यौं त्यो अभियान अहिलेसम्म निरन्तर चलाइराखेका छौ । त्यो भन्दा अगाडी वागमती सरसफाइ अभियान २६४ हप्तामा पुगि सकेको छ । वागमतीमा मात्र सरसफाई गरेर नपुग्ने भो भन्ने लागेर मैले २०७४ साल वैशाख २ गते शनिबार देखि तत्कालीन शहरी विकासमन्त्री अर्जुननरसिह केशीज्यूलाई उद्घाटन गराएर चक्रपथ सरसफाई अभियान मेरो संयोजकत्वमा सरसफाई अभियाँन शुरुवात गरे अहिले ६० हप्ता पुगेको छ ।
सेवा विस्तारका विषयमा अहिले सम्म ग्रीन सिटीमा १६ वटा मुटुका अप्रेशन फ्रिमा गरिदिएका छौं । एउटा ओखलढुङ्गा पोखरे गाउ पालिका वाड नं. ४ खहरे घिमिरे गाउँ वर्ष १३ को लीला बिक जसको १३ वर्षसम्म दिशा गर्ने ठाउँनै थिएन १३ वर्षसम्म उनले खाएको पेटमा बसिरहेको हाम्रो ग्रिनसिटीमा ल्याएर ८ किलो दिशा निकालेर दिशा निकाल्ने काम भयो, दोस्रो चरणमा उनको युनोस बनाउने काम भयो, तेसे चरणमा माथिबाट प्वाल पारेर दिशा निकालेको ठाउँ टाल्ने काम भयो यो एक वर्षभित्रमा ति लिला विकले कला ८ मा ओखल ढुङ्गामा पढ्दैछिन् ।
० तपाई आफै बिरामी भएर अप्रेशन गर्नुभएको कुरा गर्नुभयो ?
मेरो अप्रेशसन गर्नु परेको थियो । आर्थिसकोपीको अप्रेसन घुडाको हो । जिएन आइको ढाडभन्दा तलमात्र वेहोस बताएर अप्रेसन गरिदै थियो । मेरो र डक्टरहरुको सल्लाह अनुसार मेरो अप्रेशन टिभी स्क्रीनमा मैले पनि हेर्छु भनेको थिए । त्यहीबेलामा लोडसेडिङ भयो अप्रेशन गर्दागर्दै लोडसेडिङ्ग मुक्त हस्पिटल कसरी खोल्न सकिन्छ भन्ने भयो र त्यही भोगाइको चेतले गर्दा यो हस्पिटल कहिल्यै लोडसेडिङ्ग नहुने गरी स्थापना गरेको हो ।
० हस्पिटल सेवा क्षेत्र हो, अचेल विदेशी धनाढ्यहरुले पनि हस्पिटलमा लगानी गरेका छन् आम्दानीको हिसावमा कस्तो छ ?
सामाजमा सेवा दिन सकिन्छ । मैले आफैले अनुभव गरेको कुराहरुबाट अहिले हस्पिटलबाट नाफा कमाउने स्थिति छैन । सामाजिक काम गर्न चाहिँ पाइराखेका छौं । असाहयहरुलाई औषधी उपचार गर्न पाइराखेका छौं । नेपाल सरकारको १० प्रतिशत फ्रि सेवाहरु दिइरहेका छौं । यिनै–यिनै कुराहरु छन् । आम्दानी भन्दा पनि समाजमा चिनाउने र सेवा गर्ने मौका दिएको छ ।
नेपालबाट तीन, चारवटा कुराहरुबाट पैसा बाहिरिएको छ । बाहिर जाने पैसालाई रोक्नको लागि खोलिने लगानी गर्ने लगानीकर्ताहरुलाई नकारात्मक रुपमा लिनु हुँदैन । जस्तो नेपालमा तीनवटा कुराबाट पैसा बाहिरिएको छ भने शिक्षामा, स्वास्थ्यमा, मनोरञ्जनमा, मनोरञ्जनका लागि बैंककको प्रत्येक बोइङमा १५० को हाराहारीमा नेपालीहरु घुम्न रमाउन गइराखेका छन् । त्यहाँबाट पैसा बाहिरिएको छ । शिक्षामा त्यत्तिकै पैसा अरबौंको हिसावमा बाहिरिएको छ । स्वास्थ्यमा त ७ सय करोड डलर बाहिरिएको छ । त्यसरी पैसा बाहिरिरहेको ठाउँमा ठुला धनाढ्यहरुले खोलेको हस्पिटल, विदेशीले नै खोलेको भएता पनि त्यत्तिकै राम्रो सेवा सुविधा दिइएको हुनाले र विदेश जाने हाम्रो पूँजीलाई रोक्न मद्धत गरेको हुनाले, ती नेपालमा खोलिएका हस्पिटलहरुलाई सम्मान गर्न चाहन्छु । उनीहरु किन हस्पिटल खोल्न आए भन्दा पनि हाम्रो पुँजी आफ्नै देशमा सञ्चालनमा खर्च हुँदा व्यापार घाटालाई समेत टेवा पुग्छ भन्ने मेरो बुझाई रहेको छ । यहाँको पैसालाई यहाँ रोक्न खोज्दाखोज्दै पनि हाम्रा राष्ट्र कवि माधव प्रसाद घिमिरेज्यूलाई यहाँ उपचार गर्न नसकेर भारत लैजानुप¥यो र उहाँ भारतमा उपचार गरेर फर्कनु भयो । मैले भन्न खोजेको एकाध विरामीहरु लाई चाहिँ अहिले पनि विदेश जानुपर्ला तर विगतको तुलनामा लगभग हाम्रो नेपालमा स्वास्थ्य क्षेत्रका उपचार हुन्छन् महत्वपूर्ण उपकरण विदेशबाट आयत गरेर भएपनि व्यवस्थापन गरेका छौं ।
० डा. गोविन्द केसीको आन्दोलन र मेडिकल कलेजको सम्बन्धन र नेपालका ग्रामीण क्षेत्रमा हस्पिटलको अवस्थालाई कसरी जोड्न सकिन्छ ?
कुनै कुराको निर्धारण गर्ने निकाय छैन नेपालमा । माहोल गोविन्द केसीको कुरा निकाल्नु भयो । गोविन्द केसीको ठाउँबाट उहाँको लागि ठिक होला । समग्र नेपालीहरुको लागि र बुझ्ने मान्छेहरुको लागि त्यो बेठिक हो । नेपालीहरुकोमा अरु आम्दानीको श्रोत नभएपछि जे सम्भव छ त्यसैबाट आम्दानीको स्रोत बढाउनुपर्छ । जसरी एमबीबीएस पढ्नको लागि नेपालमा वायोलोजी विषय लिएर पढ्नु भन्ने विद्यार्थीको संख्या बार्षिक १० हजार आउँछ । १० हजार विद्यार्थीले डक्टर पढ्न इच्छा गर्छन् । तर नेपालको भर्ना हुने संख्या भनेको ५,६ सयमात्र हो । बाँकी विद्यार्थी कहाँ जान्छन् विदेशमा विद्यार्थी विदेशमा गएपछि हाम्रो पैसा नि विदेशमा जान्छ । अनि डाक्टर केसीको मेडिकल कलेजहरु खोल्नै नदिने आन्दोलन कसका लागि रहेछ प्रष्ट हुँदैन । त्यो विरोध गर्नुको सट्टा अत्याधुनिक मेसिन, ल्याब टेष्टहरु ल्याएर कतिलाई, कसलाई दिने ग्रामीणमा कहाँनिर, कतिवटा राख्ने र प्रदेशमा कतिवटा राख्ने भनेर राज्यले अनुगमन गरेर व्यवस्थित गर्न सकेको खण्डमा नेपालमा पनि विदेशी विद्यार्थी पढ्न आउने वातावरण बनाउन सकेको खण्डमा भारतबाट पढ्न आउनेले भारतीय करेन्सीमा पैसा तिर्छ । अर्को अन्य देशबाट आयो भने त्यसै गर्छ खोई त्यस्तो कुरामा ध्यान पुगेको यसरी मेडिकल क्षेत्रबाट पनि आम्दानीको स्रोत बनाउन सकिन्छ । मेडिकल हवको विकास गर्नुपर्छ भन्ने हामी हस्पिटल व्यवसायीहरुको माग छ ।
० अन्तमा ?
हामी नेपालीहरु नेपालको मातृभूमिमा जन्मेका हौं । सम्पूर्ण महानुभावहरुलाई विनम्र अनुरोध के छ भने यो देश बनाउनु छ भने हामीले हाम्रो एकता आवश्यकत पर्छ सबै एकताबद्ध भएर देश बनाउने हामी एकताबद्ध नभएसम्म देश बन्दैन । नेपालमा केही पनि छैन भने निराश हुँदै विदेशतिर जाने काम नगरौं नेपालमै धेरै कुराहरु गर्न सकिन्छ भनेर आत्मविश्वास राखेर काम गरेर मैले १९९० को कुरा यहाँ सम्झे म केरियामा काम गर्न गएको थिएँ । २४ घण्टामा २२ घण्टा काम गरेर आएको मान्छे हुँ । चाइनाको व्यक्तिहरु त्यतिबेला चाइनाबाट अरुको देशमा काम गर्न चाइना सरकारले बन्देज लगाएको थियो । चाइना यो बिश्वको शक्तिशाली रुपमा विकास हुनुमा आफ्नो देशमा भएको जनशक्तिलाई त्यही व्यवस्थापन गरेर काम गरे र सम्भव भयो हाम्रो छिमेकी राष्ट्र त्यसरी विकासको तिब्र गतिमा जाँदा हाम्रो देशका मानिसहरु ३ करोड जनसंख्यामा ७० लाख विदेशी भूमिमा काम गर्न गएका छन् । यसरी समग्र मान्छेहरु जति सबै विदेश जाने नेपालमा लुला, लंगडा मात्र बस्ने अनि देश विकास कसरी हुन्छ ? त्यसैले सबै महानुभावहरुमा विनम्र अनुरोध के गर्छु भने खोले, फाँडो, सिस्नु खाएर भएपनि आफ्नै मातृभूमिमा बसौं । हामीले केही दुःख पाउँछ होला तर हाम्रा सन्नतिको लागि सोचौं नेपालमा नै काम गर्दा सफा सुग्घर अभियानबाट शुरु गरौं, सफाई नै नेपालीहरुको सभ्यता हो भन्ने कुरालाई मनन् गरौं त्यसपछि देश विकास हुन्छ अहिले नआत्ति हालौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend