logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सन्दिप लामिछानेसँग सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सहकार्य


  • जन आकाश
  • बुधबार, जेष्ठ २३ २०७५

टाटा मोटर्सको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नेपाली क्रिकेट खेलाडी श्री सन्दिप लामिछानेसँग आफ्नो प्रोडक्टहरुको प्रबर्धन गर्नको लागि बृहत् सहकार्य गर्ने घोषणा गरेको छ । यो सहकार्य आगामी ३ बर्ष सम्म कायम रहने छ ।



कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले भन्नुभयो, “हामी आज श्री सन्दिप लामिछानेसँग सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । लामिछाने कलिलो उमेरमै आइपिएलसँग सम्झौता गर्न सफल र क्रिकेटको घर लर्डस्मा खेल्ने पहिलो क्रिकेट खेलाडी हुनुहुन्छ ।”

आजको कार्यक्रमको खुसीयाली मनाउँदै कम्पनीले कार्यक्रममा टाटा मोर्टसको नयाँ रेन्जको प्यासेन्जर भेहिकल टाटा टिगोरको नयाँ स्टाइलिस गाडीको साँचो स्टाइलिस लेग स्पिनरलाई हस्तान्तरण ग¥यो । सिप्रदी जहिले पनी नेपालमा क्रिकेट खेलको बिकासको लागी कटिबद्घ छ । आफ्ना सिएसआर विङ्ग सिप्रदियन सहायता संस्था मार्पmत् नेपाली क्रिकेट टिमका श्री आरिफ सेख र श्री सुनिल धमलालाई पछिल्लो डेढ वर्षदेखि सहयोग गर्दै आइरहेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु संचालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो र सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो । विगत ३४ वर्ष देखि व्यवसायिक अग्रसरता लिदैं सिप्रदीले वार्षिक ३५० मिलियन डलरको आयका साथ गाडी, इनर्जी, लुब्रिकेन्ट्स, फाईनान्स सेवाहरु, ईक्वीपमेन्ट व्यवसाय आदिमा आफ्नो अग्रसरता राखेको छ । यस कम्पनीमा ७५० कर्मचारीहरु र ६५० जना सेवा कर्मचारीहरु कम्पनीको एक मात्र लक्ष्य गुणस्तरीय सामानहरु तथा सेवाहरु प्रदान गर्दै आफ्नो समस्त ब्राण्ड मुल्य मान्यतालाई पारस्परिक आधार बनाएर कार्यरत छन् । यसका साथै कम्पनीका १९ वटा शोरुम तथा २५ वटा सर्भिस सेन्टर टाटा मोर्टसद्वारा उत्पादित प्यासेनजर भेहिकल सेगमेन्टमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend