जन आकाश
काठमाडौं । आज इमेज च्यानललाई अन्तरवार्ता दिँदै निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा स्वच्छन्द निर्माण सेवाका सञ्चालक जयराम लामिछानेले विदेशीले बनाइरहेका मेलम्ची खानेपानी आयोजना लागत बढाएर विदेशीले लगेकै छ र पनि समयमा सम्पन्न गरेको छैन । चिलिमे जलविद्युत आयोजना तोकेको समयमा सम्पन्न नभएर लागत पनि बढेको छ । कुलेखानी तेश्रो समस्या त्यस्तै छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमाको काम गर्न जिम्मा लिएको कम्पनिले कामलाई अलपत्र छोडेर गएको छ । मेरो आशय विदेशी प्रविधि सीप तरिका हामी उनीहरुबाट सिक्न सक्छौं तर विदेशीलाई भित्र्याएर उनीहरुको तिनपन्ने कागजलाई कमिशन दिनमात्र तिनलाई यहाँ भित्र्याउन सक्दैनौ । अहिले भइरहेको निर्माण व्यवसायी माथि मात्र एकतर्फी आक्रमण भइरहेको निर्माण कामहरु समयमा नै सम्पन्न गर्न नसक्नुमा सम्झौतापक्ष, डिजाइनर, कानूनी समस्या जस्ता तीनवटा पक्ष जोडिएको र दोषी तिनै पक्ष हुन्छन् । दोष एक पक्षलाई मात्र लगाउनु, कलेजकोमा क्यान्सर छ, फोक्सोमा किमो सिकेजस्तो यस्तो अपरिपक्व ढंगबाट व्यवहारहरु हुँदै गयो भने देशमा प्रत्युत्पादक बन्ने सम्भावनालाई समेत संकेत गरेका छन् ।
नेपालका निर्माण व्यवसायीहरुलाई बहुदलीय व्यवस्था आएपछि बहुदलीय शासनको बेला, शाही शासनकालको बेला, माओवादी जनयुद्धकाल र लोकतन्त्र स्थापना भएर गणतन्त्र आई सक्दा पनि निर्माण व्यवसायी भनेका हामीले पर्सेको बोको हो यो बोकालाई दक्षिणकालीमा लगेर जतिखेर पनि काट्न सकिन्छ भन्ने सरकारको मानसिकता कहिल्यै नबदलिएको पछिल्लो चरणमा चरम दमन गरेर देशलाई बैद्यानिक उपनिवेश बनाउँदै नेपालको स्वतन्त्रता नै हनन् हुने हो कि भन्ने चिन्ता बढ्न थालेको आज बिहान अर्नतरवार्ता दिने क्रममा धारणा राख्नु भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend