logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुनाखरीर पाँच औंले व्यववस्थित गरेर खुलाउनुपर्छ


  • जन आकाश
  • शुक्रबार, असार १ २०७५

नेपाल सरकारले जल, जमिन, जङ्गल र जडीबुटीलाई सही सदुपयोग गर्ने नीति बनाएको १० औं वर्ष बितिसक्यो र पनि जडिबुटीको राम्रो उपयोग गर्न सकेको देखिदैन । तर त्यही जडीबुटीको व्यवसायी गरिरहेका व्यवसायीहरूको प्र¥याशबाट नेपालका जडीबुटीहरू उपयोग त भएका छन् तर सोचेजस्तो उपलब्धी नभएको व्यवसायीहरू बताउँछन् । त्यसैमध्ये जडीबुटी व्यवसायी संघका अध्यक्ष धन ब. लामालाई यस अङ्कमा समेटेका छौं ।
धनबहादुर लामा
अध्यक्ष
(जडिबुटी व्यवसायी संघ नेपाल)
अहिले जडीबुटीको अवस्था कस्तो छ ?
अहिले महत्वपूर्ण जडीबुटी यार्सा गुम्बा, सतुवा लगायतको जडीबुटी संकलन गर्ने सिजन हो । यार्सागुम्बा संकलनको लागि सबै गाउँले किसानहरू हिमालको छेउछाउमा यार्सागुम्बा संकलन गर्न खटिराखेका छन् । त्यहाँ यार्सा संकलन गर्दा लेख लागेर कतिपय हाम्रा किसान दाजुभाईहरूको मृत्यु पनि भएको छ । जडीबुटी मानिसहरूको लागि नभइ नहुने चीज हो । तर यसको व्यवस्थापन, सुरक्षा, सदुपयोग हाम्रो राष्ट्रमा सरकार चलाइरहेका सम्बन्धित निकायले यो व्यवसायीलाई भरपुर उपयोग गर्न सकेको छैन । जसोतसो हामी जडीबुटी व्यवसायीले आफ्नो बलवुताले भ्याएसम्म नेपालको जङ्गलमा खेर गइरहेका जडीबुटीलाई त्यहाँका स्थानीयबाट संकलन गराएर राज्यलाई फाइदा पु¥याइ राखेका छौं । त्यसबाट हामीले पनि व्यापार गरेर राष्ट्रलाई केही मात्रमा भएपनि राजश्व तिरेर योगदान दिइरहेका छौं ।



पहिलाको भन्दा अहिले केही प्रगति भइराखेको छ । यो भन्दा राम्रो गर्नको लागि सरकारले ध्यान दिनुपर्छ भन्ने मेरो यो पत्रिकामार्फत माग पनि गर्दछु ।
यार्सागुम्बा नेपालमा मात्रै पाइन्छ पहिलाको तुलनामा यसको उत्पादन कतिको छ ?
विगतमा जस्तो धेरै पाइदैन वर्षेनि घटदै गएको छ । यसको अध्ययन, अनुसन्धान गरेर व्यवसायिक उत्पादन गर्न सकिन्छ कि सकिदैन त्यसको लागि हाम्रो वन मन्त्रालय, वातावरण विदहरूले चासो दिनुपर्छ ।
उत्पादन घट्दा मुल्य कतिको बढेको छ ?
पहिलाको तुलनामा केही महगो त पर्छ नै तर त्यस्तो धेरै बढेको छैन । हाम्रो धेरैभन्दा धेरै जाने भनेको चीनमा हो यो वर्षा चिनिया व्यापारीहरू त्यति आएका छैनन् । र सरकारले यसको मुल्य निर्धारण गरिसकेको अवस्था छैन बढ्ने हो या घट्ने हो भन्न सक्ने अवस्था छैन ।
तपाई अध्यक्ष भएपछि जडीबुटी व्यवसायी संघमा के के काम भएका छन् ?
म अध्यक्ष भएर आएपछि जडीबुटी व्यवसायी साथीहरूलाई परेको पीरमर्का, बजारको व्यवस्था कहिलेकाही, प्रशासनिक कुराहरू नबुझ्दा परेका समस्याहरू सावधान गर्न मेरो पहल हुदै आएको छ । अर्काे हामीले जडीबुटी व्यवसायी गरिरहनु भएका जडीबुटी व्यवसायीहरू जिल्ला जिल्लामा प्रदेशमा देशभरी व्यवसायीहरू जिल्ला जिल्लामा प्रदेशमा देशभरी रहनुभएका तर जडीबुटी व्यवसायी जानकारीको अभावमा सबै एक ठाउँमा भेला हुन नसकिरहेको अवस्था छ । त्यो अवस्थाको सबै जडीबुटी व्यवसायीहरूलाई एकठाउँमा सबै केन्द्रीत हुनुपर्छ भनेर हामीले जडीबुटी व्यवसायी महासंघ बनाउने तयारी गरि राखेका छौं । अर्काे नेपालमा अत्याधिक पाइने र औषधिको रूपमा प्रयोग हुने सुनाखरी पाँचऔले प्रतिवन्ध छ । यो जडिबुटी क्यान्सरको समेत उपचार हुने अति अमूल्य जडिबुटी हो । यो जडीबुटीलाई खुलाउनुपर्छ भनेर हामीले गएको सरकारको पालामा पनि वनमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौ अहिले पनि वनमन्त्रालयका सचीवसँग कुराकानी भइराखेको छ ।
सुनखरी र पाँचऔले त लोपउन्मुख बनस्पति होला नि ?
सुनखरी देशको जङ्गलभरी पाइन्छ । पाँचऔले पनि लेख साइटमा धेरै ठाउँमा पाइन्छ त्यो टिप्ने तरिका नजान्दा र नसिकाइदा मान्छेहरूले त्यसको नास गर्न सक्छन् । तर टिप्ने तरिका सिकाएर टिप्दा केही फरक पर्दैन करोडौं, अरवौको वर्षेनी आम्दानी हुने सुनाखरीको फुल पाँच औलेको फूल त्यतिकै खेर गइराखेको छ । त्यो कुहिएर जाने जडिबुटीलाई सदुपयोग गर्नुपर्छ । सुनाखरी फुल र पाँच औलेको फूलको उच्च माग हुँदै आएको छ । सुनखरी वर्षमा एकपटक फुल्छ र पाँचऔले पनि वर्षको एकपटक फुल्छ । त्यो फुलमात्र बजारमा बिक्री हुने हो जरा विक्री हुदैन ।
सुनखरी र पाँचऔले प्रतिबन्धित छ लोपउन्मुख प्रजाति जोगाउनको लागि होला नी त ?
मैले माथि नै भनिसके खुनखरी देशैभरीको जङ्खलमा पाइन्छ त्यसलाई जराबाट उखेल्नु हुँदैन वर्षपिच्छे फुल्ने फुल टिप्ने हो फुल फुलेको बेला टिपेन भने ओइलिएर झर्छ त्यसै गरी पाँच औले पनि सिजनको बेला टिपेन भने कुइदिन्छ हामी पनि जडीबुटी जोगाउनु पर्छ संरक्षण गर्नुपर्छ भन्छौ तर खेर फाल्न दिनुहुदैन आज करोडौ करोडको सुनखरी वनमा कुहिएर गइरहेको छ । त्यसलाई व्यवस्थित गरेर लोप नहुने गरी वर्ष पिछे फुलमात्र टिपेर आम्दानी गर्न सकिन्छ यतातिर पनि सरकारले वुद्धि पु¥याउनु पर्छ अर्काे लुकिछिपी व्यापार गर्नेले गरी राखेकै छन् यसले राजश्व गुमिराखेको छ । त्यस्तो अनाधिकृत ढंगबाट त झनै सुनखरी र पाँच औलेको संकट उत्पन्न हुन्छ त्यसैले व्यवस्थित ढंगबाट जनतालाई तालिम दिएर फुकुवा ग¥यो भने व्यापारीलाई फाइदा सरकारलाई राजश्व फाइदा र बनस्पतिको पनि संरक्षण हुन्छ यसमा सबैको ध्यान जानुपर्छ । अर्को सुनाखरीको त छुटै खेती समेत गर्न सकिन्छ ।
जडीबुटीको विकासको लागि के कस्ता कामहरू भइरहेका छन् ?
सतुवा, सुनाखरी लगायत जडीबुटीहरू खेती गर्न सक्ने जडीबुटीहरू हुन हाम्रो माथि माथि लेखहरूमा थुप्रै जग्गाहरू खाली रहेको छ । त्यो खाली रहेको जग्गामा व्यवसायिक खेती गरेर त्यो जग्गाको सदुपयोग र देशको आम्दानीको स्रोत बढाउन सकिन्छ भन्ने हाम्रो जडीबुटी व्यवसायी संघको चाहना र योजना रहेको छ । यो योजना सफल गरेर जडीबुटीबाट देशको अर्थतन्त्रमा विकासमा टेवा पु¥याउने हाम्रो सोच छ ।
जडीवुटी व्यवसायी गरिरहेका तपाईहरूले त वैधानिकता लिएर नै काम गरिराख्नु भएको छ अवैधानिक ढंगबाट काम गर्नेहरूलाई के भन्नुहुन्छ ?
पहिलो नं. मा सरकारले जनतालाई प्रशिक्षण दिनुप¥यो । जनताले कानुन थाहा नपाएर सुनखरी बोक्दा लामो समय जेल परेका छन् कतिपय यस्तो अवस्था छ । सुनाखरी कुनै ड्रग्स होइन महत्वपूर्ण जडीबुटी हो । त्यसैले सरकराले तालिम दिनु अनिवार्य छ । थाहा नपाएर सामान्य मानिसले आफ्नो बालबच्चाको लागि काम गर्दा दुख नपाओस भन्ने मेरो चाहना हो । फेरी कसैले जानिजानि गलत काम गर्नु हुदैन देशलाई रोयल्टी तिरेर काम गर्नुपर्छ सरकारले पनि हामीलाई हेर्छ ।
जडिबुटी व्यवासय संघ स्थापना भएपछि नेपालमा प्रशोधन केन्द्र खोल्न सरकारसँग तपाईहरूले कस्तो खालको पहल गर्नुभयो र व्यवसायी आफैले पनि के के प्रयोग गर्नुभयो ?
हाम्रो संस्थापक अध्यक्ष ज्यूको पहलमा मुलपानी स्थित १६ रोपनी क्षेत्रफलमा जग्गा लिएर जडीवुटी प्रशोधन केन्द्र स्थापना गर्ने भनि कामहरू भएको थियो सरकारको पनि साथसमर्थन रहेको थियो त्यही अध्यक्षको सपना र अहिलेको परिस्थितिलाई हेरेर हामी छिटो भन्दा छिटो सम्पूर्ण देशभरी छरिएर रहेका जडीवुटी व्यवसायीहरूको एकतालाई जोडेर फेरी पनि जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नको लागि सरकारसँग पहल गर्ने छौ । लगानीको सवालमा हामी अहिले कच्चा पदार्थ विदेश निर्यात गर्दा त करोडौं करोड डलर देश भित्र्याई राष्ट्रलाई राजश्व तिरेर फाइदा गराई राखेका छौ भने भोली त्यो कच्चा पदार्थलाई प्रशोधन गरेर नि¥र्यात गर्न सक्यौ भने अरबौ अरब विदेशी डलर, मुद्रा नेपाल भित्र्याउन सकछौ भन्ने हाम्रो विश्वास छ । र हामीले जडीबुटीको क्षेत्रबाट देशलाई कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सबै खालका प्रयाश गरि राखेका छौ । तर सरकारले कतिपय जडीबुटीमा अध्ययन अनुसन्धान नगरी प्रतिबन्ध लगाएको छ । ति विषयमा पनि सरकारसँग हामी छलफलमा जाने छौ । सरकारले थोरै मात्रमा प्रोत्साहन गर्ने हो भने हामी यही लाखौ युवाहरूलाई रोजगार दिन सक्छौ । व्यवसायीक जडीबुटी खेतीगर्ने तरिका उत्पादन, प्रशोधन, व्यापार सबै क्षेत्रमा हाम्रो युवा परिचान गर्न सक्छौ ।
बजारको व्यवस्थापन कस्तो छ ?
नेपालको जडीबुटीको बजार अस्त व्यस्त छ । कुनै मापदण्ड छैन । हामीले बारम्बार सरकारलाई मुल्य तोकिदिउ भनेर भन्ने गरेका छौ । कतिपयको मूल्य आउँछ कतिपय अमूल्य जडीबुटी पनि त्यतिकै कुहिएर खेर जान्छ ।
हाम्रो आफ्नै देशमा सम्भव भएका प्रशोधन गर्ने र असम्भव भएकालाई आवश्यक भएका देशहरूमा बजारको व्यवस्था सरकराले कुटनीतिक पहल गर्ने काम गरिदिनुपर्छ त्यसो गर्दा जडीबुटी व्यवसायी गर्नेहरूको लगानी सुरक्षित हुने वातावरण बन्छ र देशमा रोजगार थपिन्छ भन्ने मलाइ लाग्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend