logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापमा सिन्डीकेट विरुद्धको आन्दोलन जारी, कानमा तेल हालेर सुतेको छ सरकार ।


  • जन आकाश
  • शनिबार, असार २ २०७५

धुलीखेल वर्दिवास सडक खण्डमा लगाइएको सिन्डीकेटको कारण रामेछाप लगायत विभिन्न जिल्लामा अत्यावश्यक वस्तुको अभाव हुन थालेपछि रामेछापबाट चरणबद्ध आन्दोलन सुरु भएको छ । यसैगरि ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, सिन्धुलीले आन्दोलन गर्ने तयारी गरिरहेको बुझ्नमा आएको छ । गएको मंगलबारबाट रामेछाप जिल्ला उद्योग बाणिज्य संघको अगुवाइमा विरोधको संकेत स्वरुप कालो कपडाको कफन बाँधी विशाल विरोध ¥याली सुरु गरिएको थियो । ¥यालीमा संलग्न व्यवसाहीहरुले जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाउदै कोण सभा समेत गरेका थिए । बुधबार २ घण्टा सडक अवरोध गर्दै व्यवसायिहरुले स्वस्फुर्त रुपमा पसलहरु बन्द गरि सडकमा उत्रिएका थिए । त्यतीबेला प्रहरी प्रशासनले शान्पिुर्ण तरिकाले धर्ना गरिरहेका नागरिकहरु माथी अन्धाधुन्द लाठी चार्ज र अभद्र व्यवहार गरि कतिपयलाई घण्टौ सम्म नियन्त्रणमा लिएको थियो ।
अभाव र तनाबमा आक्रान्त् रामेछापीहरुले शुक्रबार प्रहरी प्रशासनले गरेको ज्यादती विरुद्ध बजार बन्द गरेका थिए । सोहि दिन हाम्रो संघर्ष मानवीयता र अभाव पूर्तीको लागि हो भन्दै मैनबत्ती जुलुस निकालेका थिए । यतिका दिनसम्म राजधानीको नजिकै रहेर पनि कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल जन्मेको जिल्लालाई कम्युनिष्ट पार्टी नामको सरकारले न्याय दिने कुनै संकेत नदेखेपछि आज शनिवार देश ढुङ्गे युगमा फर्केको संकेतको रुपमा डोको नाम्लो बोकेर आन्दोलनमा उत्रिएका छन् भने सम्बन्धित निकायले सिन्डीकेटको पक्षमा भएको सर्वोच्चको निर्णय नसच्याय भोलीबाट जिल्लाका गृहणीहरु समेत थाल, चम्चा, डाडु, पन्यू लिएर हामी भोकै भयौं भन्दै जुलुुुसमा सहभागी हुने संघर्ष समितिले जानकारी दिएको छ र अर्धनग्न, मानव साङलो सम्मको कार्यक्रम रहेको पनि जानकारी गराइएको छ । लगत्तै ६ गते रामेछाप बन्द सम्मको कार्यक्रम रहेको र त्यतिले मात्र पुगेन भने रामेछापले अधिकारका लागि जस्तो सुकै परिस्थीतीको सामना गर्ने गरि आन्दोलन गर्ने सिन्डीकेट विरुद्धको संघर्षमा पोल्टी व्यवसायीबाट प्रतिनिधित्व गरिरहेका होतराज ढकालले जनआकाश अनलाइनलाई जानकारी दिएका हुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend