logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्माण व्यवसायीलाई विस्थापित गर्ने काम सरकारले नगरोस्


  • जन आकाश
  • आइतबार, असार ३ २०७५

तेजकुमार कुरुम्वाङ
उपाध्यक्ष (नेपाल निर्माण व्यवससायी महासंघ तथा प्रबन्धक निर्देशक याक्थुम्हाङ निर्माण सेवा प्रा.लि.
नेपालको सुदूरपूर्व मानिने पाँचथर जिल्लाको हाङगुम गा.वि.स. वडा नंं.– १ मा जन्मनु भएका तेजकुमार कुरूम्वाङ सानै उमेरमा सिन्काहरूको घर बनाउने गर्नुहुन्थ्यो रे । त्यो स्वभालाई उहाँले इन्द्रावती प्राविबाट शिक्षाको ज्ञान प्रारम्भ गर्दै प्राविस्तरको शिक्षासकेर इन्द्रायनी मौवा माविबाट एसएलसी उत्तीर्ण गरेपछि जसरी पाँचथरबाट पाथिभरा हिमालको सुन्दर मुहार वरिपरि डाँडापाखा देख्दा र हेमा, फेमा खोला वगेको हेर्दा र त्यतिबेला यातायातको पहुँच नहुँदा हिँडेर गाडी चढ्न इलाम आइपुग्नुपर्ने वाध्यता भोगेका कुरूम्बा·लाई पाँचथर बहुमुखी क्याम्पसमा अध्ययन गर्दा शिक्षा आर्जन गर्दै जाँदा शिक्षाको उज्यालोले उनको सानैदेखिको सुन्दर संरचना बनाउने सपनालाई ज्ञानमा रूपान्तरण गर्दै लग्यो । त्यतिबेला उनले आइकम सम्मको अध्ययन पूरा गरेपछि निर्माण क्षेत्रको काम सिक्दै, सिकाउँदै २०६४ मा डी श्रेणीको थाक्थुम्हाङ निर्माण सेवा प्रा.लि.को स्थापना गरेर काम शुरू गरेका थिए । मनमा इमान्दारिता, कर्ममा विश्वास अघात आफ्नो देशप्रतिको माया भयो भने कुनै पनि नेपाली विदेश जाँदैनन् भन्ने उदाहरण कुरूम्वाङको कम्पनीले निर्माण गरेका कैयौँ बनेका सडक, भवन, पुलहरूको उदाहरण काफी छ । डी क्लासबाट शुरू गरेको व्यवसाय सि क्लास, बि क्लासमा बढोत्तरी हुँदै २०६५ सालमा अर्थात् दुई दशकमा ए क्लासको कम्पनीको रूपमा स्थापित भइसकेको छ ।
उनले निर्माण व्यवसायबाट आर्जन गरेको केही प्रतिशत समाजसेवामा समेत लगाउँदै आएका छन् । आफ्नो जन्मभूमि पाँचथर विकासको लागि त थुप्रै कामहरू पनि गरेका छन् भने उनी बहुप्रतिभाका धनी पनि हुन् । क्याम्पस पढ्दा नै विद्यार्थीका हकहितमा क्रियाशील भएको अनुभव बटुलेका कुरूम्वाङ २०६३ को शाहीकालमा फिदिम नगरविकासको अध्यक्ष व्यवसायबाट गरेको आम्दानी मानिसहरूसँग भएको सम्बन्ध राजनीतिमा जोड्दै तेज कुमार कुरूम्वाङ हाल राप्रपाको केन्द्रीय सदस्य रहेका छन् भने २०५६ सालदेखि पाँचथर जिल्ला निर्माण व्यवसायी संघको निरन्तर अध्यक्ष पदमा रही २०७१ मा भएको नेपाल निर्माण व्यवसायी संघको साधारणसभाबाट केन्द्रीय उपाध्यक्षको हैसियतमा काम गर्दै आएका तेजकुमार कुरूम्वाङसँग गरिएको कुराकानीः



० अहिले निर्माण व्यवसायीहरूको पछिल्लो अवस्था कस्तो रहेको छ ?
निर्माण व्यवसायीहरूको अहिलेको अवस्था निकै नाजुक बन्दै गइराखेको छ । नाजुक बन्नुको कारण यो छ कि धेरै निर्माण क्षेत्रका साथीहरूले काम सम्पन्न गरेर पनि भुक्तानी नपाएको, निर्माण क्षेत्रमा काम गर्नको लागि तोकिएको सम्झौताहरूमा सम्झौता पक्षधरबाट कार्यान्वयन नभएको जस्तै निर्माण व्यवसायी कम्पनी र सरकार पक्षमा सम्झौता गर्दा बाटो बनाउँदा मुअब्जा, शान्ति सुरक्षा, त्यसको डिजाइन र समयमा भुक्तानी गर्नेे बुँदाहरू हुन्छन् भने यतापट्टी निर्माण कम्पनीले गुणस्तरीय निर्माण र तोकेको समयमा काम सम्पन्न गर्नुपर्ने हुन्छ । यो दुबै पक्षले यी कामहरू गरेर निर्माण सम्पन्न गर्नुपर्छ ।
अहिले वर्तमान अवस्थामा तपाइहरू सबैलाई थाहौ छ, हामी निर्माण व्यवसायीलाई टिक्नै नदिने गरी हामी यो देशका नागरिक नै होइन जसरी धरपकड शुरू भएको छ । नेपालका निर्माण व्यवसायी जति सबैलाई आरोप लगाएर त्रसित बनाउने र नेपाली व्यसायीलाई विस्थापित गराएर अरू नै कहिँबाट कम्पनीहरू ल्याएर देशलाई नै उपनिवेश बनाउने अभियानको खेल जस्तो भान हुन थालेको छ । यस्तो खालको व्यवहार हाम्रो देशको जिम्मेवार सरकारले गरेको छ । त्यस्तो गलत आशयलाई सञ्चार क्षेत्रका मर्यादित पेशामा रहनु भएका पत्रकार मित्रहरूले सत्यतथ्य बुझिदिनु पर्ने बेला सरकारले गलत नियत राखेर जे भन्यो त्यसैमा हो मा हो मिलाएर आतंकित पार्ने काम भइराखेको छ । हामी निर्माण व्यवसायीहरू यस घटनाबाट मर्माहित भएका छौं । गम्भीर रूपमा सोच्न बाध्य भएका छौं । धैर्यताको चरम रूपमा पुगेका छौं । निर्माण व्यवसायीहरूको अवस्था डरलाग्दो मोडमा पुगेको छ ।
० निर्माण व्यवसायीहरूले तोकेको समयमा काम नसक्ने निर्माण गरेका पनि बनाएको एक दुई घण्टामा नै भत्कने गरेको भन्ने छ ? यसरी सम्झौता पालना नगर्नेहरूलाई त कारवाही गर्नु ठिक होला नि ?
गृहमन्त्रालयले जुन खालको धरपकट गरिराखेको छ । त्यो जायज छैन । त्यो १०० प्रसेन्ट जायज छैन । यो निर्माण क्षेत्र गृह मन्त्रालय अन्तर्गत पर्दैन । हामीले यो राज्यको भौतिक योजना मन्त्रालय अन्तर्गत सम्झौता गरेर काम गर्दै आएका छौं । त्यो सम्झौता गर्दा मापदण्ड पुगेको छ कि छैन । कारवाही हुनुपर्छ कि पर्दैन भन्ने अधिकार भौतिक योजना मन्त्रालयलाई छ । गृहमन्त्रालयको कार्य क्षेत्र होइन ।
भौतिक योजना मन्त्रालयले कुनै निर्माण कम्पनीको काम छोडेर भागेको खण्डमा मात्र गृह मन्त्रालयलाई अनुरोध गरेर हाजिर गराइदिनुस भन्न सक्छ । अघि तपाइले माथि उठाएको प्रश्न बनाएको एकदुई घण्टामै उप्किन्छ, भत्किन्छ भन्नु भयो । त्यो भर्खरै बनाएको संरचना सिमेन्ट सेट नहुँदै भत्कायो भने भत्किन्छ । मैले विराटनगरतिर मेयरले लात्ताले बाल भत्कायो रे भन्ने सुने भर्खरै बनाउँदै गरेको सेट नभइसकेको पर्खाल बस्तुहरुले सिंह दराल्यो भने पनि भत्किन्छ । यहाँ भ्रम सृजना गर्न कहाँ कहाँबाट कोको किन लागेका छन् हामी अचम्मित छांै । ति मेयरले सेट भइसकेको पर्खालमा लात्ताले हानेर पर्खाल भत्काएर देखाउन पहलमान मानौला हिजो स्थानीय चुनाव जित्न मनपरी खर्च गरेको पैसा उठाउने नियतले निर्माण व्यवसायीमाथि कुप्रचार, दबाब, तनाव उत्पन्न गराउने काम नगरून । खबरदार हामी पनि नेपाली आमाका सन्तान हौं । होला हाम्रो निर्माण व्यवसायीभित्रका साथीहरू मध्य सानातिना त्रुटीहरू छन् । तर सानातिना त्रुटी देख्न सिँगो देशको संरचना बनाउन योगदान गरेको निर्माण क्षेत्रमा दक्ष कामदार उत्पादन गरेर योगदान दिइरहँदा सरकारको नीति यस्तै दुःख दिने मात्र भएको हुँदा हामीले उत्पादन गरेको दक्ष प्राविधिकहरू रोक्न नसक्ने सरकार अझै हामीलाई दमन गर्दछ । यो हामी १२ हजार भन्दा बढी निर्माण व्यवसायीहरूको लागि स्वीकार्य विषय होइन । म अझै यहाँ प्रष्ट पार्न चाहन्छु सिमेन्टको सेटिङ पावर नै १०० दिनको हुन्छ तर त्यसको प्रतिशत घट्दै जान्छ ६ दिनभित्र म्याक्सिमम सेटिङ्ग हुन्छ । १४ दिनभित्र केही प्रतिशत सेटिङ्ग हुन्छ २१ दिनभित्र करिव करिव ९० प्रतिशत सेटिङ्ग हुन्छ । यसरी बालुवा र सिमेन्टको सेटिङ्ग हुनेगर्छ अनि बनाउँदै गरेको पर्खालमा लात्ताले हानेर भत्काउने मेयरलाई यति प्राविधिक ज्ञान नभएको प्रष्ट हुन्छ आम नागरिकले अव गलत को रहेछ यहाँ छुट्याउनुपर्छ ।
अर्को पक्ष त्यो निर्माण क्षेत्रमा कमजोरी गर्नेहरू भनेको राजनीतिको नाममा ए क्लासका कम्पनी किनेर ब्ल्याकमनीलाई ह्वाइट मनी बनाउन आएकाहरूले त्यस्ता गलत काम गरेका हुन सक्छन् । ती हाम्रा महासंघमा कतिपय त आबद्ध पनि छैनन् । तर हामी जो दिनरात नेपालको निर्माणसँगै एक वर्ष होइन दुई वर्ष होइन बर्षौबर्ष पुरै जीवन निर्माण क्षेत्रमा लगाएका हाम्रो व्यवसाय भनेको मन्दिर हो । हाम्रो पेशा भनेको भगवान हो । हाम्रो पेशा नै सर्वश्व हो । त्यसैले हाम्रो पेशालाई मर्यादित, जवाफदेही र मानवमैत्री बनाउँछौं बनाउँदै आएका छौं । पैसा कमाउने नाममा हामी गुणस्तरहीन बदनामित हुने काम गर्दैनौं । काम गर्दा कतै फाइदा, कतै घाटा हुन्छ जस्तोसुकै समस्या आएपनि सामना गरेर काम गर्नुपर्ने हाम्रो दायित्व सम्झिन्छौं ।
० तपाईले माथि गृहमन्त्रालयको कार्य क्षेत्र बाहिर गएर धरपकट भयो भन्नुभयो तपाइहरूले भौतिक योजनाका सम्बन्धित निकायसँग कुरा गर्नुभएको छैन ?
हामी निरन्तर भौतिक योजना मन्त्रालयसँग सम्पर्कमा छौं । अस्ति जनतासँग प्रत्यक्ष सरोकार हुनेगरी भौतिक तथा योजना माननीय मन्त्रीज्यू र हाम्रा महासंघका अध्यक्षज्यू र उपभोक्ता मञ्चका पदाधिकारीहरूसँग प्रत्यक्ष सार्वजनिक स्थलमा नै कार्यक्रम पनि भइराखेको छ । आशा गरौं यो आतंकित पार्ने धरपकड चाँडै व्यवस्थित होला भन्ने हामीले विश्वास लिएका छौं । जिम्मेवार निकायले शुरूमा नबुझेका हुन सक्छन् त्यो वास्तविकता बुझेपछि समाधान होला भन्ने हाम्रो विश्वास हो ।
० तपाइ यतिखेर नेपाल निर्माण व्यवसायी महासंघको उपाध्यक्ष पनि हुनुहुन्छ महासंघले के के कदम चालिराखेको छ ?
हाम्रो महासंघले जानेसम्मन, भएसम्म निर्माण सम्बन्धि भौतिक मन्त्रालय अन्तर्गत सचिवज्यू, मन्त्रीज्यू, प्राविधिक, सडक विभागका डिजी, सिचाई विभागहरूसँग हाम्रो समस्याको बारेमा कुरा राखिरहेका छौं । हाम्रो एग्रिमेन्ट भन्दा बाहिर गएर हामीलाई तनाव नहोस् । कारवाही नै गर्न मिल्दैन । कारवाही नै गर्नु हुँदैन हामीले भनेका छैनौं । हाम्रो नियम र पद्धति छ धरौटी जफत गर्नेदेखि ब्ल्याकलिष्ट गर्न सक्ने सम्मको प्रावधान छ त्यो हुँदाहुँदै पेशालाई बदनामी गरेर नेपालका निर्माण व्यवसायीलाई नै विस्थापित गर्ने गरी धरपकट नहोस् भन्ने अनुरोध पहल गर्दै आएका छौं ।
० म यतापट्टी आएँ, याक्थुम्हाङ निर्माण सेवाले राष्ट्रको संरचना कुन–कुन निर्माण गरेको छ ?
पूर्वको सन्दर्भ र अन्य ठाउँमा असंख्य छन् हाम्रो कन्पनीले पूर्व–पश्चिम उत्तर–दक्षिण सबै ठाउँमा उत्तिकै योगदान गरेको छ । पश्चिमको बझाङमा खुटुकेदेखि चैनपुरसम्म कालोपत्रे गरिसकेको छ । राज्यले टेण्डर आव्हान गरेपछि नेपालका सुगम हुन वा दुर्गम जुनसुकै ठाउँमा पनि राष्ट्रको संरचना निर्माण गर्ने याक्थुम्हाङ निर्माण सेवा सरकारको नीतिमा रहेर काम गर्न सधैं तयार छ । काम गर्दै आएको छ । अहिले बझाङकै सदरमुकामदेखि १८ किलोमिटर माथि सेती नदीमा ट्रस ब्रीजको काम गरिराखेका छौं ।
० निर्माण क्षेत्र राष्ट्र निर्माण र विकाससँग जोडिएको विषय छ । राष्ट्र विकासमा म यतिसम्म जिम्मेवार हुनुपर्छ भन्ने कत्तिको अनुभूति हुनेगर्दछ ?
हामीलाई जति राष्ट्र निर्माण गर्ने विकास गर्ने सोच आउँछ र हामीले निर्माण गर्दा जति पसिना बगाएका छौं । त्यति अरूमा छैन होला भन्ने लाग्छ । हामी नै हो राष्ट्र निर्माण गर्ने निर्माण व्यवसायी विना राष्ट्र निर्माण हुन सक्दैन आकार, प्रकार, सेवा, सुविधा दिने निर्माण व्यवसायी नै हो । नेपाल निर्माणकै चरणमा छ । निर्माण व्यवसायी विना सम्भव छैन । हामी पनि जवाफदेही हुनुपर्छ । हामीले देश बनाउनु पर्छ । क्वालिटी र क्वान्टिटीमा कम्प्रोमाइज गर्नु हुँदैन । हाम्रो सेवा राज्यलाई डाइरेक्ट पुग्नुपर्छ भन्ने हामी लागिपरेका छौं ।
० अहिले खुल्ला प्रतिस्पर्धाको पनि कुरा आएको छ । विदेशी र नेपाली कम्पनीबीच कस्तो प्रतिस्पर्धा छ ?
पहिला हामी यो महासंघमा आउँदा ६ करोड सम्मको योजनामा विदेशी कम्पनी आउन पाउँथे, त्यसलाई हामीले नेपाली कम्पनी पनि निर्माण क्षेत्रमा सक्षम छन् भनेर कतिपय योजनाहरूमा त तोकेको समयभन्दा पनि अगाडी सकेर प्रमाणित गरिदिएका छन् । त्यही कुरालाई आधार मानेर अहिले ३ अर्वभन्दा माथिको योजनाहरूमा मात्रै बिदेशी कम्पनीलाई दिने नियमावली बनेको छ । अव नेपालीहरू नै योजनाहरू बनाउन सक्षम छन् । ठुला आयोजनाहरूमा चाहिँ ठुला ठूला कम्पनी ज्वाइन्ट भेन्चर गरेर बनाउन सकिन्छ । नेपाली कम्पनीहरू पनि प्रतिस्पर्धा गर्न लायक बन्दै गइराखेको म ठान्दछु ।
० अन्तमा ?
म यो देशको आम नागरिक र विदेशमा रहनु हुने शुभचिन्तक राष्ट्रप्रति माया गर्ने साथीहरूलाई के निवेदन गर्छु भने भरखरै भइराखेको निर्माण व्यवसायी माथिको हंगामा छ, बदनामी मच्चाइएको छ । यो हंगामाको यो कुप्रचार, दमनको हाम्रो महासंघको उपाध्यक्षको हैसियतबाट मेरो आफ्नो व्यक्तिगत तर्फबाट खेद व्यक्त गर्दछु । यो हुने नहुने र गर्न नहुने कुरा भएको छ । नेपालको संवैधानिक चौथो अंगमा रहनुभएका पत्रकारमित्रहरूलाई पनि निवेदन गर्दछु । हाम्रो निर्माण व्यवसायीलाई नियमावली नै निर्माण व्यवसायी भनेर व्यवस्था भइसकेको छ । यो विषयलाई मर्यादित पेशाको रूपमा बुझिदिनु हुनेछ भन्ने विश्वास राख्दै आएका छौं । अधिकाँश पत्रकार मित्रहरूको सहयोग पाइराखेका छौं । केही त्यस्ता पत्रकार नामका साथीहरूले मर्यादा छोडेर ठेकेदार चोर जस्ता अमर्यादित शब्द राखेर समाचार बनाएको पाएका छौं । राज्यको चौथो अंगजस्तो जिम्मेवार पत्रकारहरूले कुनै व्यक्ति, व्यवसायमा आँच आउने गरी सत्य तथ्य नबुझिकन सञ्चार माध्यममा जसले नबुझिकन त्यस्ता समाचार बनाइएका साथीहरूलाई अनुरोध गर्दछु । नेपाली जनता देशप्रति चिन्ता हुने साथीहरूले के बुझिदिनु पर्यो भने निर्माण व्यवसायी १०० मा १०० शुद्ध छन् भन्ने होइन केही २,३ प्रतिशत विग्रिएका पनि सच्चिन्छन् र राष्ट्र निर्माणमा लाग्छन् भन्ने बुझिदिनुपर्छ विश्वास नै ठुलो आधार हो । आत्म विश्वासिलो भएर गर्ने राष्ट्र निर्माण समृद्धिको आधार हो । केही त्यस्ता व्यवसायिक जस्केलाबाट छिरेर आएकाहरूलाई त फरक नपर्ला जसरी आए त्यसरी नै फर्म बेचेर जालान तर हामी जीवन नै निर्माण क्षेत्रमा अर्पेकाहरूलाई आतंकित पारेर बदनाम गरेर दुःख दिँइदैछ यस विषयमा आम नागरिकहरूको तर्पmबाट पनि सत्यको आधारमा खबरदारी गरिदिनु हुन अनुरोध गर्दछु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend