logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विश्वकपमा नेपाल


  • जन आकाश
  • सोमबार, असार १८ २०७५

सम्पादकीय……………….



विश्वकप २०१८ सुरु भएर पहिलो चरणका खेलहरु सम्पन्न भैसकेका छन् । जसमा विश्वविजेता भैसकेका जर्मन, अर्जेन्टीना जस्ता राष्ट्रहरु पहिलो चरणबाटै बाहिरी सकेका छन् । जुन राष्ट्रहरुले विश्कप जित्ने आंकलन गरिएको थियो । विश्वकै चर्चित क्रिष्टीयानो रोनाल्डोले कप्तानी गरिरहेको पोर्चुगल पनि दोस्रो चरणबाट बाहिरी सकेको छ ।
यतिखेर विश्वकप फुटबल प्रेमीहरुको आँखा टेलीभिजनका पर्दाहरुमा छन् भने जसको हैसियतले पुग्छ ति मानीसहरु त रसियामा भैरहेका विश्वकप हेर्न रसिया पुगेर प्रत्यक्ष फुटबलको आनन्द लिइरहेका छन् । त्यो भन्दा पनि रोमाञ्क यस विश्वकपमा सहभागी देशका टिम जसले विश्वकप छनौटमा विरलै छनौट भएर सहभागी हुन पाउँछन् तिनै राष्ट्रहरु २०१८ को विश्वकपमा ससक्त भएर प्रस्तुत भएका छन । इतिहास रच्नको लागि थोरै मेहनतले पक्कै पुग्दैन विश्वमा त्यस्ता मेहनती मानीसहरु कमै जन्मन्छन् त्यसमा पनि परिस्थीति र समयको वातावरणले अवसर प्राप्त हुनुपर्छ । त्यस्तै भाग्मानी मानीसले मात्रै विश्वकिर्तमान बनाउँछन् । २०१८ रसियामा विश्वकप खेलाउँदा सम्म २२ औं संस्करण भै सकेको छ । २२ औं संस्करण सम्म थुप्रै गोलरक्षक, स्टाइकरहरुले आफ्नो नामहरु लेखाइसकेका छन् तर म्यारोडना, पेले, कान, जीनेजिदान जस्ता नामहरु बढी नै चर्चा भएका खेलाडीहरु हुन । आफ्नो नाम मात्रै चर्चामा ल्याउने लालसामा राष्ट्रलाई हराएका छन । कतिपयले आफ्नो नाम भन्दा राष्ट्र ठुलो ठानेर खेल खेख्दै विश्वकप जित्न लागिपरेका छन् । यसबेला सम्म विश्वकपलाई नेपालबाट हेर्ने आँखा पनि अलि फरक छ । नेपालीहरु धेरै जति अर्जेन्टीनाका समर्थक थिए । जुन देशमा विगतमा म्याराडोना जस्ता प्रख्यात फुटबल खेलाडी थिए । वर्तमानमा अहिले लियोनन मेसी जस्ता अनुशासीत विश्वकै हिरो जस्ता खेलाडी त्याँहा छन् तर पनि अर्जेन्टीनाको २०१८ को विश्वकप यात्रा सुखत रहेन । अर्जेन्टीनासँग नेपालीहरु जोडीनुको कारण चाँही नेपालीहरुले कुनै बेला विश्व शान्ती कायम गर्न अर्जेन्टीना पुग्दा गोर्खाली सेना भन्ने वित्तिकै अर्जेन्टीनाका जनताले गोर्खाली सेनासँग गरेका विश्वासका कारण नेपालीहरु अर्जेन्टीनासँग जोडीएका हुन । नेपालमा ब्राजिल, जर्मन, फ्रान्स लगायत थुप्रै देशकोे समर्थक पनि कम छैनन् तर एसियाली राष्ट्र जापानलाई सबै नेपालीहरुले मन पराउने गर्छन । जापानसँग नेपालको कुटनैतिक सम्बन्ध अजर र अमर रहेको छ । त्यसै गरि जापानीज खेलाडीहरुको सर्टपास विश्वकै उत्कृष्ट छ त्यसकारण जापानलाई जत्तिको समर्थन नेपालीहरुले कुनै पनि राष्ट्रलाई गरेका छैनन् ।
अर्कोतर्फ नेपालमा विश्वकप कसरी मनाइदै छ त भन्ने विषयमा नेपालका युवायुवती खेलाडीहरुले फुटबलको विश्वकप हेरेर नयाँ तरिकाहरु सिकेर नयाँ सोच बनाइराखेका छन् । यस्ता युवाहरु देशका लागि आवश्यक छन् । कतिपय युवायुवतीहरु चाँहि मात्रै मनोरञ्जनका लागि बुबाआमाको पैसामा टोलटोलमा समूह बनाई होहल्ला गर्दै विश्वकपको मज्जा लिइरहेका देखिन्छन् । नेपालमा जुवा खेलाउनेहरुलाई भने विश्वकप कमाउने अवसर बनेको छ । जसमा टोलका जुवाडे देखि पाँच तारे होटल सम्मका शट्टेबाजहरु सम्म यसमा जुवा खेलाइरहेका छन् । धेरैजति नेपालीहरुको चिन्ता र चासो चिया पसल होस वा अफिस जताततै नेपालले विश्वकपमा सहभागीता कहिले जनाउला ? विश्वकप कहिले जित्ला ? जस्ता गफगाफ गरिरहेको सुनिन्छ । यत्तिको चासो र चिन्ता नेपालीहरुमा बढ्दै जाने हो र सबै नेपालीमा फुटबल प्रति मेहनत, इमान्दारीता, अनुशासन कायम गर्दै अगाडी बढ्ने हो भने नेपालको लागि पनि विश्वकप धेरै टाढा हुदैन भन्ने बुझिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend