जन आकाश
डिल कुमारी नेपाल ,
काठमाडौ ,असार २३(
नेपाल मगर खेलकुद सघको आयोजनामा आज राजधानीमा आयोजित मगर खेलाडीहरु सम्मान तथा सास्क्रीतिक कार्यक्रम २०७५ गृहमन्त्री रामबहादुर थापा मगर बादलूले उद्घाटन गर्नुभयो।नेपाल मगर सघका उपाध्यक्ष रेवत राना मगरले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका गृहमन्त्री थापाले मगर समुदायका रास्ट्रीय खेलाडीहरु एब प्रशिक्षहरुलाई सम्मानित गरेका थियो ।नेपाली बक्सिङ खेलका भिष्म पिताह एब सस्थापक सुरेश सिला आलेमगर ,फुट्बलका पुर्बखेलाडी पबन रानामगर,करातेका प्रशिक्षक बिजय थापा ब्याट्मिन्टनका प्रशिक्षक किरण थापा,तेक्वान्दोका पुर्ब खेलाडी थानेश्वर दर्लामि मगर , जुडोका पुर्ब खेलाडी वीर बहादुर रानामगर ,भारोत्तोलनकि रास्ट्रीय खेलाडी तारादेबी पुन मगर ,टेबुल टेनिसकि रास्ट्रीय खेलाडी गिता थापा मगर सुटिङ कि फुलमाया क्याप्छापि मगर ,भलिबलका पुर्बखेलाडी इम बहादुर रानामगर ,क्रीकेट खेलाडी नेरि थापा ,उसु तर्फ १२औ दक्षिण एशियाली गेम्सबाट स्वर्ण पदक खेलाडी निमा घर्तिमगरलाई सम्मानपत्र एब खादा लगाई सम्मानित गर्नु भएको थियो।सोहि अबसरमा खेलाडी सम्मान गर्न पाउँदा धेरै खुशी भएको र बिशेश गरेर मगरजातीले रास्ट्रीय एब अन्तर्राष्ट्रिय जगतमा मुलुकको नाम राख्ने प्रयास गरेकोमा गर्व महसुस भएको प्रमुख अतिथी गृहमन्त्रीले बताउनु भयो ।सोही कार्यक्रममा नेपाल मगर सघका अध्यक्ष नवीन रोक्का मगर लगाएतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थित रहेका थियो ।नेपाल मगर खेलकुद सघका अध्यक्ष मनबहादुर पुनको सभापतित्वमा सन्चालन भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend