logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्वास्थ्य सस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त ।


  • जन आकाश
  • बिहिबार, साउन ३ २०७५

 
बिराटनगर, ३ साउन ।
डा.गोबिन्द केसीले गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् ।
बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्दको बिरोधमा दिउँसो करिव एक घण्टा प्रदर्शन गरेका हुन् । ‘अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन, स्वास्थ्य सस्था बन्द मुक्त घोषणा कार्यान्वयन गर, भयरहित वातावरणमा बिरामीले उपचार गराउँन पाउँने अधिकार सुनिश्चित गर’ लगायत नारा लगाउँदै अस्पताल अगाडी प्रदर्शन गरिएको हो ।
प्लेकार्ड र बिरामी दर्ता पुर्जासहित दर्जनौंको संख्यामा निश्किएका बिरामी र बिरामीका आफन्तले अस्पतालको मुलगेट अगाडी दिउँसो १२ बजेदेखि करिव एक घण्टा प्रर्दशन गरेका थिए ।
लाठिसहित उत्रिए बिरामीका आफन्त
अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी स्वरुप बिरामीका आफन्तले लाठिसहित प्रदर्शनसमेत गरेका छन् । नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारी प्रदर्शन गरेका हुन् । बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिएका हुन् ।
यसैवीच नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंसिक मात्र प्रभाव देखिएको छ । नोबेल शिक्षण अस्पताल, बिराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।a



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend