logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फरक शैलिका निर्देशक खरेल र उनको व्यस्तता


  • जन आकाश
  • बिहिबार, साउन ३ २०७५

काठमाण्डौ – सन् २००८ मा चलचित्र जगतलाई फरक प्रस्तुती दिने उदेश्यले मानव सभ्यताको सुरुवात कस्तो थियो भन्ने खोज गर्दै नेपालकै पहिलो मौन चलचित्र ढुङ्गे यूगका निर्देशक माधव राज खरेल पछिल्ला दिनहरुमा चलचित्र क्षेत्रमा निक्कै व्यस्त देखिन्छन् । निक्कै रसिक स्वभावका खरेलले आफुलाई फरक शैलिको चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा आफुलाई चिनाएका छन् ।
खरेलले मौन चलचित्र ढुङगे यूग मात्रै नभएर विरानो माया, कुईनेटो, दुर्गामाण्डौ, गढीमाई, मैथली भाषाको फिल्म हेवे करैत भोर जस्ता व्यवसायीक रुपमा सफल चलचित्रहरुको समेत निर्देशन गरिसकेका छन् भने ढुङगे यूग २ (मानव सभ्यताको खोज ) पोष्ट प्रोडक्सनको काम सकाएर प्रर्दशनको तयारीमा रहेको निर्माण कम्पनीले वताएकोछ ।
दुर्ई दर्जन भन्दा वढि म्युजिक भिडियो निर्देशन गरीसकेका खरेलले सोहि संख्यामा बृत्तचित्र समेत निर्देशन गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाले आयोजना गर्ने सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रियता पूर्वक सहभागि हुने खरेल विभिन्न संस्थाहरुले आयोजना गर्ने सुन्दरी प्रतियोगिता, नृत्य–अभिनय सम्वन्धि हुने प्रतियोगिता, विभिन्न चलचित्र एवं गीत संगीत सम्वन्धि गरिने अवार्डहरुमा निर्णयकका रुपमा पनि उत्तिकै सक्रिय रुपमा सहभागिता जनाईरहेका छन् ।
माधव राज खरेललाई शुन्दरादेवी सन्देश साप्ताहिक, म्युजिक खवर डटकम, मिडिया ईन्टरटेनमेन्ट प्रा.लि., छाँयाछवी क्रियसन, बक्स अफिस गु्रप, आईसिटी पत्रकार विकास मञ्च, गीतकार संघ नेपाल, करुणा नेपाल, समानताका लागी सांस्कृतिक अभियान, मैत्रिय फाउन्डेसन लगायता दर्जन भन्दा वढी संघ संस्थाहरुले उत्कृष्ट निर्देशकको अवार्डका साथै चलचित्र र सामाजिक पुर्याएको योगदानको कदर स्वरुप विभिन्न किसिमका सम्मान–पत्रद्धारा सम्मानित पनि गरीसकेका छन् ।
खरेलले आगामी माघ महिनाबाट नयाँ चलचित्रको छायाङकन गरिने र त्यसको सम्पुर्ण तयारी पुरा भईसकेको पनि बताए । केही कलाकारहरुको समेत चलचित्रमा छनौट भैसकेको चलचित्रको नाम भने तत्काल सार्वजानिक नगरिने वताउने खरेलले चलचित्र भने जातिय छुवाछुतमा आधारित प्रेममय विषय रहने वताएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend