जन आकाश
मोहन कार्की
आज पुस्पलालको ४० औ स्मृतिको तिथिमा नेकपा मालेले एक कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्वहरुलाइ आमन्त्रण गरी नेपाल कम्युनिष्ट आन्दोलन र पुस्पलालको सम्झना गर्दै बतmाहरुले आफनो धारणा राखेका थिए ।
रातोपुल स्थित रक हाउसमा भएको कार्यक्रमलाइ सम्वोधन गर्दै मालेका माहासचिव सिपी मैनालीले देशमा नाङगो पुँजीवादी व्यवस्था चलिराखेको र माक्सबादका नाममा बन्दाम गर्दै वर्तमान बाम गठबन्धन भनिएको सरकारले जनताको ढाड सेक्ने काम गरेर नक्कली राष्ट्रवादको झुट्टो प्रचार गर्दै ढाटेको र जनताले दिएको अभिमत दुरुपयोग भएको आरोप लगाएका छन् ।
त्यसैगरि पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष लोक कृष्ण भट्टराइले पुष्पलालको ४० औं स्मृती दिवसको अवसरमा बोल्दै नेपालका सबै कम्युनिष्टहरुको सुबुद्धी पलाओस र केपी वलीका पनि गुरु रहेका सिपी मैनालीले सबै कम्युनिष्ट पार्टीलाई एक बनाउने भूमिका निर्वाह गरुन र नेपालका कम्युनिष्ट पार्टीका नेताहरुमा इगो राख्ने चलनको अन्त्य होस र पुष्पलालले तय गरेको मार्गमा सबै हिड्नुपर्छ । पुष्पलाल नेपालका मात्र नभएर दक्षिण एसियाकै सबल दार्शनिक भएको समेत औंल्याय । त्यसैगरि बोल्ने क्रममा बरिष्ठ पत्रकार भैरव रिसालले कम्युनिष्ट आन्दोलनको बारेमा कथा सुनाउँदै सबैको ध्यान आकर्षण गराएका थिए । पत्रकार रिसाललाई महासचिव मैनालीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमका अतिथि बक्ता तथा अधिवक्ता प्रेस काउन्सीलका पूर्वअध्यक्ष बोर्ण बहादुर कार्कीले पुष्पलालले तय गरको नयाँ जनबादी कार्यक्रम सैदान्तिक र सन्तुलीत धार नै कम्युनिष्टहरुको मूलबाटो भएको धारणा राखेका थिए । अर्का वक्ता जनसमाजबादी पार्टीका अध्यक्ष सुवासराज काफ्लेले मुनामदनको कथा जोड्दै हाम्रा धेरै मदनहरु खाँडीमूलुकमा रहेको चित्र दर्शाउँदै पुष्पलालले देखाएको बाटोमा हामीले काम गर्न सकेमात्रै स्मृतीको महत्व बढ्ने बताएका थिए । नेकपा मालेका पोल्टीव्युरो सदस्य सुरेन्द्र ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै हाल नेपालमा सरकार चलाइरहेका कम्युनिष्ट नेता भनौदाहरु कम्युनिष्ट नभएर कमाउनीष्ट भएको भनाइ राखेका थिए ।
उक्त कार्यक्रम नेकपा माले ३ नं. प्रदेशले आयोजना गरेको थियो भने आज नै नेकपा मालेले सबै प्रदेशहरुमा पुष्पलालको तस्वीरमा माल्र्यापन गरि श्रद्धाञ्जली अर्पण गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend