जन आकाश
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला तथा पुस्तक विमोचन कार्यक्रमको राजधानीमा उद्घाटन गर्दै प्रचण्डले डा. गोविन्द केसीको अनशनलाई विपक्षीहरुले राजनीतिक स्थिरता अन्त्यगर्ने हतियारका रुपमा प्रयोग गरेको भन्दैे आन्दोलनले समस्या समाधान भन्दा अराजकता मात्रै फैलिने टिप्पणी गरे ।
डा. केसीका सम्बन्धमा वार्ता गर्न खोज्दा पनि विरोध, समस्या समाधान गर्न खोज्दा पनि विरोध, विपक्षीदलहरुले चाहेको के हो ? प्रचण्डले प्रश्न गरे–केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश ।
नेपालमा कम्युनिष्टहरु बलियो भएको देख्न नचाहने देशीविदेशी बुर्जुवाहरुले डा. केसीको अनशनलाई राजनीतिकरण गरेको प्रचण्डले आरोप लगाए । निरन्तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र जुम्लामा जटिल उपचारको व्यवस्था नभएकाले डा. केसीलाई ज्यान बचाउन काठमाडौं ल्याउदा सरकारले अपहरण शैलीमा ल्यायो भनेर प्रचार गरिएको प्रति प्रचण्डको आक्रोश व्यक्त गरे । सरकारले डा. केसीलाई काठमाडौं ल्याएर उनको जीवनरक्षाको जिम्मेवारी मात्रै पुरा गरेको प्रचण्डले दावी गरे ।
अर्को, प्रसंगमा अध्यक्ष प्रचण्डले शिक्षामा सामान्य नभइ आमूल परिवर्तन आवश्यक रहेकाले शिक्षकहरु त्यस दिशामा लाग्नुपर्ने बताए । शिक्षकहरुको विगतको भुमिकामा परिवर्तन आवश्यक रहेको भन्दै प्रचण्ड%
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend