जन आकाश
कृष्णप्रसाद दुलाल चम्किला सफल व्यवसायीको रुपमा परिचित छन् । त्यो सँगसँगै देशको झण्डै ३० प्रतिशत अर्थतन्त्रमा हिस्सा रहने गरेको अटो व्यवसायीहरुको प्रतिष्ठित संस्था अटो मोबाइल एशोसिएशनमा निरन्तर एकदशकदेखि विभिन्न भूमिकामा जिम्मेवारी पूरा गर्दै आउनु भएको छ । कार्य समिति सदस्य, कोषाध्यक्ष हुँदै महासचिव र पछिल्लो कार्य समितिको निर्वाचनबाट निर्वाचित वर्तमान उपाध्यक्षको हैसियतमा रहनु भएको छ । उहाँसँग यस अंकमा कुराकानी गरेका छौं ।
० मेगा लुब्रिकेन्टको बारेमा बताइ दिनुस् न ?
मेगा लुब्रिकेन्ट पूर्वाञ्चल आयल ल्यूब आयलले उत्पादन गर्ने एउटा ब्राण्ड हो । यस ब्राण्डले अटो क्षेत्रमा नेपालकै सर्वाधिक बिक्री हुने र गुणस्तरमा उत्कृष्ठ भएको छ । मैले संक्षेपमा भने व्याख्या गर्दा धेरै लामो हुन्छ ।
० तपाई एक सफल व्यवसायी तथा (नाडा)को उपाध्यक्ष हुनुहुन्छ नाडाले व्यवसायीहरुबीचमा खेलेको भमिकाको बारेमा बताइ दिनुस् न ?
नाडा भनेको नेपालभरी रहेका अटो मोबाइल्स क्षेत्रमा व्यवसायी गरिरहेका व्यवसायीहरुको छाता संस्था हो । यस संस्थाले अटो व्यवसायीहरुको हकहितको काम गर्छ । कहिल्य सरकासँग भएका अप्ठ्यारा विषयलाई समेत सहजीकरण गर्छ भने यता ग्राहकवर्ग र व्यवसायीवीचको प्रबर्धनको लागि बर्षको एकपटक नाडाको आयोजनामा अटो सो गर्दै आएको छ । त्यस अटो शोमा झण्डै ४ सय ५ सय करोडको व्यापार हुनेगर्छ त्यो भनेको बर्षभरीमा व्यवसायीले गर्ने बिक्रीको ५० प्रतिशत त्यो ४,५ दिनमा कारोबार हुन्छ । साथै अटो क्षेत्रमा ट्राफिक सँगको सहकार्यमा सचेतनामूलक प्रशिक्षणदेखि अटो क्षेत्रमा आउने सबै खालका समस्याको समाधान खोज्ने काम अटो एशोसिएशन (नाडा)ले गर्दै आएको छ ।
० नाडाले गर्ने अटो शोको बारेमा विस्तृतमा बताई दिनुस् न ?
अटो शोको प्रमुख विषय भनेको उपभोक्तालाई मन परेको गाडी तथा मोटर साइकल खरिद गर्ने उपयुक्त प्रदर्शनको माध्यम बनाउनु नै हो । अटो शोमा नयाँ नयाँ मोडलका गाडीहरु, मोटर साइकलहरु अटो क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ आयामहरु थपिराखेका हुन्छन्, सबैलाई त्यो जानकारी नहुन सक्छ । हामीले अटो शोको माध्यमबाट अटो मोबाइलको बजारको बारेमा जानकारी दिने उद्देश्य राखेका हुन्छौं । त्यहाँ उपभोक्ता अटो क्षेत्रमा अध्ययन गरिरहेका इन्जिनियरहरुलाई समेत अध्ययन गर्न सघाउ पु¥याउँछ । त्यहाँ एउटा दुईटामात्र गाडी नभएर एउटै छातामुनि नेपालमा उपलब्ध सबै गाडीहरु प्रदर्शनीमा राखिएको हुन्छ । सबै उत्पादन एउटै छातामुनि हेर्न पाउने भएकोले अवलोकनकर्ताहरुलाई अटो शोले फाइदा पु¥याउँछ एउटै प्रदर्शनी क्षेत्रमा सबै अटो मोबाइल सम्बन्धी ज्ञान लिन पाउँछन् ।
यी व्यवसायी र अवलोकनकर्ताबीचको सम्बन्ध जोड्ने उद्देश्य राखेर हामीले प्रत्येक वर्ष भदौमा अटो शो आयोजना गर्दै आएका छौं । यस वर्ष पनि भदौ २६ गतेबाट अटो शो गर्दछौं सबै स्टलहरु बुकिङ भइसकेका जतिकै जस्तो छ । बुकिङ खोल्ने चारपाँच घण्टामा नै औपचारिक बुकिङ्ग सकिने अनुमान हामीले गरेका छौं । विगतको अनुभवलाई पाठको रुपमा लिएर सबैलाई एड्जसमेन्ट गर्ने हाम्रो राम्रो तयारी छ ।
हामीले नाडाको कार्यक्रम काठमाडौं भन्दा बाहिर पनि गर्ने योजना बनाएका छौं र भदौमा कार्य समितिको बैठक पनि पोखरामा बस्दैछौ । त्यस बैठकमा सरकारले अटो क्षेत्रमा बढाएको कर र अटो क्षेत्रमा पहिला १० प्रतिशत पेमेन्ट राख्दा हुनेमा अहिले ५० प्रतिशत पु¥याएको छ । यी विषयहरुमा पनि संयुक्त छलफल गरेर सरकारसँग बसेर अटो व्यवसायीका हितमा उपयुक्त निकास खोज्छौं ।
० तपाइहरुले नयाँ नयाँ जानकारी र उत्पादन ग्राहकलाई बेच्दै आउनु भएको छ । तर नेपालको आफ्नो उत्पादन त देखिँदैन तपाइको जानकारीमा छन् कि ?
हाम्रोमा सबै गाडीका उत्पादन विदेशी नै हुन यहाँ ब्याट्रीहरु, टायरहरु उत्पादन हुन्छन् भने एसम्बल गर्ने गरिएको छ । बजाजले नवलपुरमा एसम्बल शुरु गरेको छ । अरु पनि कम्पनीमा एसम्बल बन्दैछन् हाम्रो सरकराले सुविधा दिने कुरामा र मार्केट पनि सानो र लगानी पनि जुटाउन अलि अपुग भएकोले विदेशी कम्पनी कै उत्पादन हामीमा छन् । व्यवसायीहरु बढी सहुलियत खोज्छौं त्यस्तो सहुलियत नभएका कारण व्यवसायीहरु नआएका हुन् । सरकारले व्यवसायीलाई आकर्षित गरेर उद्योगहरु खेलाउन सक्नुपर्छ ।
० तपाइले लगानी अपुगको कुरा गर्नुभयो तपाई आफै पनि नाडाको उपाध्यक्ष हुनुहुन्छ । अटो शोमा झण्डै ३–४ अर्बको व्यापार देखिन्छ । सबै अटो व्यवसायी मिलेर एउटा नेपाली प्रोडक्ट उत्पादन गरे हुँदैन यस विषयमा के सोच्नु भएको छ ?
विश्व बजारमा उत्पादन भएका प्रोडक्टरहरु थोरथोरै नेपालमा आउने गर्छन् । त्यसमा पनि सरकारले धेरै भन्दा धेरै कर बढाको बढाई गरेर गाडीहरु महँगो भएर जाँदा थोरै जनसंख्याको आधारमा २–४ प्रतिशतले प्रयोग गर्दा आम्दानी देखिएको मात्र हो । नेपालको सन्दर्भमा संयुक्त लगानीको संस्कार त्यति बसिसकेको छैन । विस्तारै विस्तारै वातावरण बन्दै गएको छ । केही समय लाग्छ सरकारको प्रोत्साहन मुलुक नीति आयो भने व्यवसायीहरु त्यो नीतिमा रहेर लगानी गर्न तयार छन् ।
० अन्तमा
अटो मोबाइल्स सम्बन्धी जसलाई किन्नु छ बेच्नु छ । जसलाई अटोमोबाइल्स सम्बन्धी मोह छ । त्यतिमात्र नभएर जसलाई अटो मोबाइल्स सम्बन्धी ज्ञान लिनु छ । अध्ययन गर्न सबै अवलोकनकर्ताहरुको लागि अटोशो लाभदायिक छ । अटो मोबाइल्स पढ्नेहरु इन्जिनियरहरु अटोसम्बन्धी चासो राख्ने सबैलाई हामी शिक्षा पनि दिन्छौं जानकारी दिन्छौं नयाँ टेक्नोलोजीको बारेमा १० वर्ष पछाडि आउने गाडीहरुको बारेमा समेत त्यहाँ देखाइन्छ अर्को कुरा अटोशो भनेको समग्र अटो क्षेत्रको देशको अर्थतन्त्रमा ३० प्रतिशत भूमिका खेल्ने गरेको महत्वपूर्ण मेरुदण्डको रुपमा लिनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend