logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तेजकुमार उपाध्यक्षमा चयन


  • जन आकाश
  • बुधबार, साउन १६ २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा समूहको १ नं. प्रदेशमा प्रदेश समितिले पूर्णता दिएको छ । १ नं. प्रदेशका नवनियुक्त राम थापाले राप्रपाको केन्द्रमा सिफारिस गरिएका प्रदेश समितिका पदाधिकारीहरुलाई राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले मनोनित गरेसँगै १ नं. प्रदेश समितिले पूर्णता पाएको हो । १ नं. प्रदेश समिति १३ सदस्यको छ ।
उपाध्यक्षमा तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) केदार कोइराला (मोरङ) कोषाध्यक्षमा दयाराम भट्टराई (मोरङ), सचिवमा वासुदेव भट्टराई (झापा) प्रवक्तामा केदार कोइराला (मोरङ), सहसचिवमा ललितबहादुर राई (खोटाङ्ग), सदस्यहरुमा नरेन्द्रकुमार पौडेल (ताप्लेजुङ), रामकुमार राजवंशी (झापा), बालानन्द भुर्तेल (धनकुटा), निकहर वानु (सुनसरी), नवराज पोख्रेल उदयपुर रहेका छन् ।
१ नं. प्रदेशबाट उपाध्यक्षमा मनोनयन भएका तेज कुमार कुरुम्बाङ राप्रपाको केन्द्रीय सदस्य हुन भने १ नं. प्रदेशमा चर्चित युवा नेता तथा पाँचथरमा जन्मेका कुरुम्वाङले सामाजिक क्षेत्रमा धेरै खालका सहयोग गरेर चर्चा बटुलिसकेका र राष्ट्र निर्माणमा निर्माण व्यवसायीको रुपमा काम गरेर सफल व्यवसायी हुँदै निर्माण व्यवसायी महासंघमा उपाध्यक्ष छन् । नेपालको विकास गर्न नेपालीले नगरेसम्म सम्भव छैन भन्ने प्रष्ट विचार राख्ने तेजकुमार युवा नेता हुन उनलाई १ नं. प्रदेशको भावी सम्भावनाको नेताको रुपमा पनि पार्टीका नेता कार्यकर्ताद्वारा उभ्याउन थालिएको छ ।
१७ गते प्रदेशको उद्घाटन
यही १७ गते विराटनगरस्थित राप्रपाको प्रदेश कार्यालय पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले उद्घाटन गर्नेछन् । पार्टीको स्वामित्वमा निर्माण भएको कार्यालयलाई पूर्ण सुचारु गर्न १ नं. प्रदेशका नेता कार्यकर्ताहरु विराटनगरमा पुगिसकेको राप्रपा स्रोतले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend