जन आकाश
साँझ ६.३५ मा राष्ट्रपती कार्यालय सितल निवासमा पुगेका जोशी राष्ट्रपतीसँग झन्डै १ घन्टा छलफलमा बसेका थिए ७.२० मा राष्ट्रपती भवनबाट बाहिरीएका जोशीको मुहारमा निकै गम्भिरता देखिन्थ्यो । भेटमा के के कुरा भयो भनेर सञ्चार कर्मीले प्रश्न गर्दा कुनै जवाफ नदिइ जोशी हतारीदै बाहिरीएका थिए । हिजो मात्रै संसदीय सुनुवाई समितिले जोशीलाई अयोग्य भनी प्रतिवेदन बुझाएको थियो । यसपछि नेपालका न्याय क्षेत्रका विशेषज्ञहरुमा समेत विवाद उत्पन्न भएको छ । यस घटनाबाट नेपालको न्याय क्षेत्र पनि विवादको भुमरीमा फसेको छ । यिनै विषयमा राष्ट्रपती र प्रधानन्याधीस जोशी विचमा कुराकानी भएको त्याहाको स्रोतले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend