logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापका कलाकार राजधानीमा गर्जिए


  • जन आकाश
  • सोमबार, साउन २१ २०७५

काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाजको नवौं साधारणसभा सम्पन्न भएको छ । १८ गते बालाजुको राजधानी दाहोरी घरमा आयोजित उद्घाटन वरिष्ठ लोकगायक कल्याण कुमार कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी कार्यक्रम शुरु भएको थियो, कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजका पूर्व अध्यक्ष अमृत सुनुवार देखि लोकगीत कलाकारहरु, हास्यव्यंग्य कलाकारहरु, फिल्मी क्षेत्रका कलाकारहरु, जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत रामेछापका
व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले भनाई राख्ने क्रममा रामेछापबाट राजधानी आएर विभिन्न पेशामा आबद्ध भएका रामेछापेलीहरुलाई सांस्कृतिक माध्यमबाट जोड्दै रामेछापको विकास र उन्नतिमा एकताबद्ध भएर जान सक्ने गरी काम गर्नुमा सबैले जोड दिएका थिए । साथै रामेछाप सांस्कृतिक कलाकार समाजको नवौं साधारणसभाबाट लोकगायक प्रकाश कटुवाललाई पुनः अध्यक्षमा नियुक्त गरेको छ । अन्य जिम्मेवारीहरुमा पनि त्यसैगरी पदाधिकारीहरु निर्वाचित भएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend