logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सरकारमाथि चौतर्फी हमला


  • जन आकाश
  • मंगलबार, साउन २२ २०७५

 



क नेकपाको सरकारलाई नेकपाभित्रै षड्यन्त्र ।
ख मन्त्री बन्ने सपना बोकेर नेकपाकै मन्त्रीविरुद्ध समाचार लेखाउन ठेकेदार सांसदहरु सक्रिय ।
ग नेकपामा गुटको राजनीति सलबलाउँदै ।
घ एमालेले बनाएको एनजीओ माकुारको कथा बन्दै ।
च नेकपाको सरकार प्रचार बढी गरे पनि जनतामा प्रभावहीन ।
नेपाल कम्युनिष्ट पार्टीको सरकार बनेको ४ महिनामा देश र जनताको काममा भन्दा नेकपा भित्रकै छलछाम, षड्यन्त्र, गुट उपगुटको एकले अर्कोलाई गिराउने आफ्नो गुट र स्वार्थ सिद्ध गर्न आफ्नै पार्टीको आन्तरिक सूचनाहरु समेत चुहावट गर्ने र कुनै वहाना र कुप्रचार गरेर एक दुईवटा मन्त्री विवाद तानेर आफू मन्त्री बन्न जसरी चुनावको बेला टिकटलाई टिक्यासको रुपमा प्रयोग गर्ने एमालेभित्रका र माओवादी केन्द्र भित्रका ठेकेदारहरु जसले अपारदर्शी ढंगबाट कमाएको रकम नेकपाको सरकारका कुनै मन्त्रीलाई लक्षित गरेर विभिन्न सञ्चारमाध्यममा समाचार लेखाउन मोटो रकम खर्चदै गरेको समेत खुल्न थालेको छ ।
बाहिरबाट हेर्दा दुई तिहाइको दरिलो खम्बाजस्तो देखिए पनि भित्रभित्रै एउटा गुटको मन्त्री बनेको ठाउँमा अर्को गुटको कार्यकर्ता–कार्यकर्ता जस्तो लाग्नेको कुनै पनि सुनुवाई नहुने, पानी बाराबारको जस्तो देखिने गरी व्यवहारहरु सतहमा आएका छन् ।
सरकारको आफ्नै आन्तरिक समस्या त छँदैछ कुनैबेला एमालेले कार्यकर्ता संरक्षणको लागि बनाएको एनजीओ अहिले माकुराको कथासँग मिल्न गएको छ । माकुरा आफैले कोरलेको बच्चाहरु फुलबाट बाहिर निस्किएपछि माउलाई नै खाएर सिध्याए जस्तै एनजीओमा डाइनालिक भूमिका खेलिरहेको मोटो एमाले देखिने व्यक्तिहरुको सम्बन्ध विदेशी कुटनीतिहरुसँग बढी हुने र तिनैका काठमाडौंमा महल, बैंकमा प्रशस्त व्यालेन्स, विभिन्न ठाउँमा लगानी तिनैले नेकपाका ठुला भनिएका प्रभावशाली नेतालाई समेत प्रभावित पार्न सक्ने हुँदा सरकारले चाहेको जस्तो जनमुखी काम कहिँ पनि भएको छैन । यही बेला जनता असन्तुष्ट स्थानीय शासन अन्तर्गत जथाभावी करको दायरा बढाउँदा सामान्य व्यवसायी सानो पूँजीमा लगानी गरेका व्यवसायी, असन्तुष्ट, स्थानीय किसानहरु, तिरो बढाएको असन्तुष्ट, यातायात व्यवसायीहरु एक्कासी समय नै नदिई र विकल्प र नदिइकन यातायात क्षेत्रमा दिएको दबाब ठिक नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
निर्माण व्यवसायीहरु सरकारले समयमा भुक्तानी नदिने पेस्की फस्र्योट नगर्ने र काम गरेन भनेर न्याक्ने काम गरेको भन्दै आन्दोलनमा उत्रने देखि नेकपा समर्थित निजामती कर्मचारी समेत सरकारले गरेको सेवासुविधा कटौती प्रति असन्तुष्टी राख्नु बैदेशिक रोजगार व्यवसायीहरु छ करोड धरौटी राख्नै पर्ने प्रावधानबाट आन्दोलित हुनुजस्ता घटनाहरु देखिँदा सरकारमाथि चौतर्फी हमला बढेको देखिन्छ ।
नेकपाको सरकारले जतिसुकै महत्वाकांक्षी योजनाहरु प्रचार प्रसार गरे पनि जनताले प्रत्यक्ष महशुस गर्ने कुनैपनि प्रभावकारी काम गरेको देखिँदैन । यसबाट दुईतिहाई भनिएको शक्तिशाली सरकारबाट कतै सबै प्रपञ्च रचेर राजतन्त्रलाई वित्याउने खेल त भइरहेको छैन भन्दै जनताहरुले चियागफ गर्न थालेका छन् भने राजनीतिक विश्लेषण गर्नेहरुसँग अहिलेको वर्तमान देशको अन्योल माहोलले कुन रुप लिन्छ भन्ने आँकलन गर्न गाह्रो भइरहेको बताइरहेका छन् । यो सबै वातावरणले देशको समग्र विकासको लागि राम्रो संकेत गरिराखेको छैन । त्यसमा विपक्षमा रहेका थ्रेस होल्डबाट वञ्चित भएका भुरे, टाकुरे समेत खुट्टा उचालेर बसेको बेला शक्तिशाली भनेर उचालिइएको सरकारले जनतामा भरोसा गर्न नसक्नु, दुर्घटना बन्न सक्छ । त्यसैले चौतर्फी हमलालाई मन्थर पार्न दुईतिहाईको दम्भ त्यागेर नेकपा कार्यकर्ताको गुटको मन्त्री, सरकार भन्दा माथि उठेर देश र सबै नेपाली हाम्रा जिम्मेवार नागरिक हुन् भन्ने सबैको नेपालमा उत्तिकै अधिकार छ भन्ने सोच दुई तिहाईको घुर्की लगाउन छोडेर सरकारले समयमा नै नबुझेमा जनताले दिएको दुई तिहाई दुईचार महिनामा नै जनताद्वारा नै खोसिन सक्छ त्यसकारण बेलैमा सचेत हुँदै जनताको जनचाहना अनुसार काम गरेर चौतर्फी प्राविधिक हमलाबाट बच्ने पो हो कि ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend