logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डा.सुनिल शर्माको सहयोग


  • जन आकाश
  • बुधबार, साउन २३ २०७५

 
बिराटनगर, २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् ।
नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण समितिका पदाधिकारीको उपस्थितीमा डा.शर्माले बुधबार सडक निर्माण समितिका अध्यक्ष श्यामकुमार गुरुङलाई एक लाखको चेक हस्तान्तरण गरेका छन् । स्थानीय मिलन चौकबाट कसेनी माध्यमिक बिद्यालय हुँदै सुम्निमा मार्गको सडक कालोपत्रेका क्रममा रकम अभाव भएपछि निर्माण समितिका पदाधिकारी र उपभोक्ताहरु सहयोगका लागि नोबेल अस्पताल आएका थिए । सोहि क्रममा डा.शर्माले सहयोग प्रदान गरेका हुन् ।
गाउँमा सडक कालोपत्रे हुँदा धेरै स्थानीयलाई राहत मिल्ने भएकाले सहयोग गरेको डा.शर्माले बताएका छन् । सडक कालोपत्रेका लागि रकम अभाव भएर समस्या भईरहेको अवस्थामा डा.शर्माले गरेको सहयोगका कारण धेरै राहत मिलेको निर्माण समितिका अध्यक्ष गुरुङले बताए ।
उपभोक्तासँगको साझेदारीमा करिव १ किलोमिटर सडक कालोपत्रेका लागि बेलवारी नगरपालिकाले २५ लाख बजेट छुट्याएको थियो । तर, बजेट अभाव भएर समस्या भईरहेको अवस्थामा डा.शर्माले सहयोग उपलब्ध गराएका हुन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend