जन आकाश
सुमन जि.सी.
लेखनाथ, २ भदौ ।
पोखरा लेखनाथ वडा नं. २७ मा रहेको लक्ष्मी आर्दश टोल विकाश संस्थाले आफ्नो तेस्रो अधिवेशन एवं छैटौ वार्षिक साधारण सभा लक्ष्मी आर्दश मा.वि.को सभा हलमा सम्पन्न गरेको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गको प्रमुख आतिध्यतामा भएको कार्यक्रम उदघाटन गर्दै गुरुङ्गले समाज परिर्वतनमा मा टोल बासी अनि टोल विकाश संस्थाको महत्वपूर्ण भुमिका रहने बताएका थिए ।
लक्ष्मी आर्दश टोल विकाश संस्थाका अध्यक्ष शंकर प्रसाद अधिकारीले वार्षिक प्रगति प्रतिवेदन र भावि योजनाको बारेमा तथा कोषाध्यक्ष जयराम राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त समारोहमा वृद्ध सम्मान तथा एस. ई. ई.२०७४ मा उत्कृष्ट लाई समेत सम्मान गरिएको थियो । वृद्ध तर्फ धन सुब्बा गरुङ्ग र माया देवि आचार्य लाई र एस.ई.ई. तर्फ विज्ञान बसौला र एलिसा सुबेदिलाई सम्मान गरिएको थियो ।
साधारण सभाले आगामी दिनमा संस्थ।को भावि कार्य योजना का साथै कार्यसमिति विस्तार गरि १३ सदस्यीय बनाएको छ ।
निर्वाचन समिति संयोजक कृष्ण प्रसाद देवकोटा तथा सदस्यहरु कृष्ण प्रसाद अधिकारी र लिलामणी भण्डारी निर्वाचन मण्डल रहेको तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि राजु अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा विमला पाहारी पौडेल तथा लक्ष्मी प्रशाद पराजुली , सचिव जयराम राजभण्डारी , सहसचिवमा बलराम लामिछाने कोषाध्यक्षमा सिता पराजुली बास्तोला र सदस्यहरुमा गंगा कोईराला, सन्त वहादुर जि.सी., शिला भण्डारी, अम्वीका पोख्रेल, मन्जु वि.क., कृष्ण राज पौडेल, श्री प्रसाद बास्तोला चयन भएका छन ।
साथै सोहि भेला ले लेखा समिति संयोजकमा कृष्ण वहादुर रानाभाट तथा सदस्यमा छविलाल सुबेदि र हिरा लामा लाई चयन गरेको छ । त्यसतै क्रृण समिति संयोजकमा सप्त वहादुर जि.सी. तथा सदस्यमा गणेश पौडेल र गोमा आचार्य देवकोटा लाई चयन गरेको छ । संस्थालाई आगामि दिनमा अझ प्रभावकारि बनाउन संस्थाको वरिष्ट सल्लाहाकारमा ई. रविचन्द्र घिमिरे र कानुनी सल्लाहाकारमा प्रशान्त जि.सी. लाई चयन गरिएको छ ।
संस्थाका अध्यक्ष शंकर प्रसाद अधिकारीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष अन्जली लामिछानेले गरेकी थिईन भने कार्यक्रमको संचालन सचिव राजु अधिकारी ले गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend