logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै”बजारमा ।


  • जन आकाश
  • मंगलबार, भाद्र ५ २०७५

 



बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै।।।” भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ । रकेश वलीको संगित संयोजनमा तयार भएको यस गितको भिडियो बिक्रम चौहानले निर्देशन गर्नुभएको छ । प्रकाश खड्काको छयांकन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको यस गितको भिडियोमा मोडल ऋतु तामाङ्ग र दिनेश थापाको नृत्य÷अभिनय निकै जमेको देखिन्छ । गोर्खा चौतारी म्युजिक प्रा। लि। ले बजार ब्यवस्थापन गरेको यस गितमा उमेर पुगेकी दिदी र भाई बिचको ठट्टौली शब्द शमेटिएको छ । अहिलेको जमानामा केटा आफै रोजे पनि बाबु–आमासँग सल्लाह नगरि भागेर नजाने गित मार्फत गायिका सिमाले भाईलाई बतायकी हुन । कार्यक्रम सञ्चालनमा उत्तिकै मृदुल भाषि र माहिर दिनेशले थुप्रै गित गायन र अभिनय गरेका छन् । बोलि नफेर, पानी मिठो कलकल, ए है लालि जोबन, पापिनिकै तस्विर बोल्याछ जस्ता अन्य गित गाईसकेका दिनेश थापाले नेपाली सिनेमा जगतका प्रखर नायिका मेलिना मानन्धर, झरना थापा लगाएतका धेरै नायिका÷मोडल सँग अभिनय गरि ख्याति कमाईसकेका छन् । मेरो रुपैले पोखरामा, लचक्कै कम्मर, सुन्तला रस, बोलि नफेर, पानी मिठो, गोलि ठोक्नु पर्ने, साँझ परेसि रोधिमा, यो दशैको मेला, त्यो सुन्दर गाँउैmमा, पिउँदा पिउदै जिवन, आधि गाग्रो छल्किन्छ जस्ता करिब पाँच दर्जन भन्दा बढि म्युजिक भिडियो अभिनय गरिसकेका थापाले काठे दोहोरी सालको पात टपरि दुना बाट अझ बढि दर्शकको माया बटुलेका छन् । विभिन्न उत्वस तथा महोत्सवमा व्यस्त दिनेश थापा नाच्न गाउँनका अलवा प्रखर कार्यक्रम उद्घोषक पनि हुन । यो तिज कोशेली “पाउजु बरिलै।।।” ले सर्वा्धिक चर्चा र सफलता पाओस जन आकाश मिडियाको पनि शुभकामना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend