logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेकपामा ज्वालामुखि फुट्न लाग्यो


  • जन आकाश
  • मंगलबार, भाद्र ५ २०७५

 



काठमाडौं । नेपालका दुई ठुला कम्युनिष्ट पार्टी भनिएका नेकपा एमाले र नेकपा माकेवीच चुनावी मुखमा पार्टी एकीकरण गर्ने सहमति गरेर चुनावमा भाग लिँदै नेपालकै इतिहासमा धेरै जनमत प्राप्त सिट संख्या जितेर उदाहरण पेश गरेका ती दुई पार्टीले पार्टी एकीकरण हुन सक्दैन भनेर हल्ला फिजाउने गैर कम्युनिष्टहरुलाई समेत चकित बनाउँदै अन्ततः पार्टी एकीकरण गरिछाडे त्यो जनताले दिएको जनमत, जनदबाबकै कारण पार्टी एकीकरण गर्न बाध्य भएको नेकपाका जिम्मेवार नेताहरुबाट नै त्यो कुरा सार्वजनिक हुने गरेको छ ।
त्यस्तै अहिले पार्टीको नाम नेकपा भएर त्यसमा नेकपा एमाले र माके दुबैमा नेताहरुलाई मिलाउँदा असन्तुष्टी रहेको त्यतिबेला नै मिडियामा आएको थियो । अहिले झनै पार्टीका वर्गीय संगठनहरु संयोजक गर्न त पुरै जाओस् पार्टीको जिल्ला तहमा समायोजन गर्न समेत धौधो भइरहेको साथै एमालेभित्र रहेर विगतमा एनजीओ, आइएनजीओ चलाउँदै कागजका ठेलीमा प्रतिबेदन बनाउँदै आफ्नो कमाउ धन्दा गर्ने एमालेकरण र विगतमा जसरी हुन्छ थर्काउ, फकाउ, घुक्र्याउ धम्क्याउ र सामन्तको विरोध गर्ने तर आपैm महासामन्त बनेर लगानी गर्दै मिटर ब्याजमा समेत पैसा लगानी गर्ने माओवादी नेताहरुजस्ता र पार्टीभित्र मेहनत गर्ने, अवसर नपाउनेबीचको टकराव देखिन थालेको कारण पार्टी संयोजन चुनौती बन्दै गएको देखिन्छ ।
माओवादी, एमाले दुबै पार्टीमा इमान्दार, कार्यकर्ताहरु नभएका भने होइनन तर जो छट्टु उसैको नाम पट्टु भनेजस्तै नेकपाभित्र यतिबेला मन्त्रालयका मन्त्रीहरुका स्वकीय सचिव मन्त्री धेरैजति जनताले नरुचाएका, पार्टीभित्र बदनामित भइसकेका अनियमितता गर्न सिपालु र आफ्नो मन्त्रालय अन्तर्गतका विभागहरुमा डिजी, एमडीहरुलाई अवैध ढंगबाट रकम निकासा गर्न समेत दबाब दिने मन्त्रीहरुको बाहुल्यता र त्यस्तो कार्य गरेको देख्दा जसले एमाले–माकेलाई हिजो विश्वास गरेर भोट हालेका जनता कार्यकर्ताहरु नै रुष्ट बन्दै गइरहेका छन् । यो समस्या स्थानीय कार्यकर्तादेखि जिल्ला कमिटी हुँदै केन्द्रसम्म भित्रभित्रै भूसको आगो भै सल्किदै गइरहेको छ । यो नेकपाको लागि निकै खतराको संकेत हो । जुन दिन त्यो ज्वाला फुट्छ त्यसले नेकपालाई ध्वस्त बनाउन बाँकी राख्नेछैन भन्छन् बाम बुद्धिजीवीहरु त्यसैले समय छँदै विचार पु¥याउन जरुरी छ भन्ने सुझाव दिने गर्छन् बाम बुद्धिजीवीहरु । तर अहिलेको पार्टी संयोजन कमिटी जसरी बनेको छ त्यसको कृयाकलाप हेर्दा सहजै सुल्झने देखिँदैन र त्यसैको प्रत्युत्पादक घटनाले वर्तमान सरकारलाई समेत धराशायी बनाउन बेर नलाग्ने सम्मका अड्कलबाजीहरु रुष्ट समूहले गर्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend