logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिजो विश्वभाषा क्याम्पसमा विश्व संस्कृत दिवस भएको छ ।


  • जन आकाश
  • सोमबार, भाद्र ११ २०७५

 



जरो किलो प्रतिष्ठान,नेपाल, जनै पुर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनका दिनमा आयोजकहरु जरो किलो प्रतिष्ठान नेपाल, त्रि.वि.संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभाग र सह–आयोजक सहृदयता समाज नेपालको सयुक्त आयोजनामा विश्वभाषा क्याम्पसमा विश्व संकृत दिवस सम्पन्न गरेको हो ।
यस समारोहको अध्यक्षता जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष डा. निर्मलमणि अधिकारीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन त्रिचन्द्र क्याम्पस दर्शन विभागका प्राध्यापक डा. गोबिन्दशरण उपाध्यायले गर्नु भएको थियो । उपस्थित विद्वत्जन तथा महानुभावहरुको स्वागत विश्वभाषा क्याम्पस संस्कृत विभागका प्राध्यापक डा. सुबोध शुक्लले गर्नु भएको थियो ।
कार्यक्रममा स्वस्तीवाचन पश्चात नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइराल द्धारा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो । तत्पश्चात् राष्ट्रिय गान गरी कार्यक्रमलाई अगाडि बढाइएको थियो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. काशिनाथ न्यौपाने, जम्मु विश्वविद्यालयका प्राध्यापक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा.नारायण प्रसाद गौतम तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला लगायतका महानुभावहरुले आ–आफ्ना सारगर्भित मन्तव्यहरु दिनुभएको थियो ।
अन्तमा कार्यक्रमका सभाध्यक्ष डा.निर्मलमणिले सम्बोधन गर्दै प्राचिनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढदै गएको भएता पनि यसको उद्गम स्थल नेपालमा भने यसको त्यति धेरै विकास गर्न नसकिएको वर्तमान परिवेशलाई हामी सम्पुर्ण संंस्कृत प्रेमिहरुले नै यसको संरक्षण सम्वर्धन विकास गर्नु परेको छ । यस बखत यो कसले गर्ला भनेर मुखामुख गर्नु भन्दा पनि स्वक्रियात्मकताका यसको पुनरुत्थानकालागि अघि बढ्नु परेको छ । यसका लागि सम्पुर्ण व्यक्ति तथा संस्थाहरुको सहयोग अत्यन्त महत्वपुर्ण रहेको छ भन्ने उद्गारका साथ सभा विसर्जन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend