logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामनपा–७ वडाको गुणस्तरहीन काम


  • जन आकाश
  • शुक्रबार, भाद्र १५ २०७५

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ चाबहिल ओरालोमा हाल बाटो बनाउने काम भइरहेको छ । उक्त ठाउँमा पेटीमा प्रयोग गर्ने सोलिङ्ग र ब्लक अड्याउन मुनिबाट प्रयोग गर्ने सामग्रीमा एकबोरा सिमेन्टमा झण्डै ९ बोरा बालुवा मिसाएर काम भइरहेको प्रष्ट देख्न सकिन्छ भने तस्वीर आफै बोल्छ भनेजस्तै फोटो हेर्दा पनि प्रष्ट देखिन्छ । ७ नं. वडा कार्यालयका अध्यक्ष सुद्ध कुमार डंगोल एमाले पार्टीबाट निर्वाचित
भएपछि ७ नं. वडाभित्र आएका विकासका कामहरु सबै चिनेजानेका र बढी कमिशन जसले दिन्छ त्यसैलाई मात्र कामको जिम्मा लगाउँदा गुणस्तरहीन काम भएको स्थानीय ७ नं. वडावासीहरुको भनाई रहेको छ । काठमाडौं उपत्यकाभित्र त यस्तो अनियमितता हुन्छ भने दुरदराजका स्थानीय निकायको कुन अवस्था होला ? सोचनीय विषय भएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend