logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अटो शोमा नेपाली उत्पादन कहिल्य थपिएला ?


  • जन आकाश
  • बिहिबार, भाद्र २८ २०७५

हाम्रो सुन्दर देश नेपाल, आनन्द मानेर मेहनत मात्र गरिराख्ने नेपाली स्वर्गजस्तो प्राकृतिक स्रोतले भरिपूर्ण प्राविधिक ज्ञानमा पनि अब्बल तर आफ्नै उत्पादन गर्न नसक्ने पनि हामी नेपाली नै भएका छौं । यो दुःख लाग्दो विषय हो ।
हिजोबाट नाडाले गर्न गरिरहेको अटो शोमा १३४ वटा ब्लक स्टलहरु राखेर भृकुटीमण्डपमा गाडी, मोटरसाइकललगायतको मेला आयोजना हुँदैछ । त्यसमेलामा विभिन्न प्रकारका गाडी, मोटरसाइकल र त्यहाँ राखेका हुनेछन् भने तिनै कम्पनीले उत्पादन गरेका हेभी इक्युपमेन्ट अर्थात् निर्माण सम्बन्धी विभिन्न जानकारी पनि त्यसै मेलाबाट पाउने छौं । ति जानकारी पाउने र हामीले खरिद गर्ने गाडी, मोटर साइकल, तिनमा प्रयोग हुने डिजेल, पेट्रोल, लुब्रिकेन्ट, पार्टस् कुनै पनि नेपाली उत्पादन होइनन् । ती उत्पादन नेपालका नभएपनि मानवका लागि नभई नहुने साधनहरु हुन् । जबकी एक ठाउँबाट अर्को ठाउँ पुग्नका लागि साधनको आवश्यक हुन्छ । साधनको प्रयोग नगरिकन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालको भूगोल, परम्परा, संस्कृति, त्यहाँको अवस्थाको जानकारी लिन र कुनै चिज वस्तुहरु विशेषत नेपालमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु ओसार पसार गर्न पनि यातायातको सुविधा आवश्यक हुन्छ । यी सबै दृष्टिकोणले मानिसहरुमा बढ्दै गएको चेतना, सुविधा, आर्थिक उन्नतिको लागि पनि छिटो छरितो थोरै समयमा धेरै काम गर्नको लागि पनि भेइकलको सुविधा नेपालीहरुमा आवश्यक बन्दै गएको छ । यो आवश्यकतालाई पूर्ति गर्न अहिलेको संरचनाले सक्दैन । किनकी नेपालमा प्राप्त गाडीहरु सबै विदेशमा बनेका र गाडी विक्रेता डिलरहरुको भनाइलाई आधार मान्ने हो भने सरकारले लगाएको दुई हजार प्रतिशत सम्मको अन्त शुल्कले गर्दा अत्यन्तै महँगो गाडीको मूल्य सामान्य नेपालीहरुको पहुँचभन्दा बाहिर छ । अर्को बैंकहरुको ब्याज र फाइनान्सको कुरा गर्ने हो भने त शुरुमा किस्तामा गाडी किनेर खुसी माने पनि केही महिनापछि आम्दानीले नथेग्दा ऋणको भारीले थिचेर नै किच्ला भन्ने डर एकातिर बढेर गएको छ ।
अर्कोतर्फ नेपालमा आफ्नो राजनीति सुरक्षित गर्न स्वाभिमानको कुरा गर्ने पार्टी तिनै पार्टीहरुबाट देशको शासनसत्ता सञ्चालन गरिरहेको सरकारले अहिले विशेष गरेर स्वाभिमानको शब्द रटानमा नै आम नेपाली जनताले विश्वास गरेर झण्डै दुई तिहाई बहुमत दिएर पठाएको सरकारले नेपाल देशको उत्पादन पनि मेलाहरुमा राख्न सक्ने गरी काम गर्नुपर्छ । साथै समृद्ध नेपाल र सुखी नेपाली बनाउने हो भने अरु देशमा उत्पादन भएका महँगोका साधन किनेर सम्भव छैन । आफ्नै देशमा उत्पादन गरेर सबैको पहुँचमा हुने गरी नेपाली ब्राण्ड, नेपाली प्रतिष्ठासँग जोडिदैन तबसम्म समृद्ध नेपाल र सुखी नेपाली हामी बन्न सक्दैनौ त्यसैले दीर्घकालीन सोच बनाएर नेपाली उत्पादन पनि थाल्नुपर्छ जसका कारण लाखौंलाख विदेशीका युवालाई समेत स्वदेशमा नै परिचालन गर्न सक्ने आधार बन्न सक्छ । सम्बन्धित निकायले सोच्ने पो हो कि ?



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend