जन आकाश
नेकपा –माले) पार्टीले संविधान दिवशको अवसरमा आम जनतालाइ सम्झीदै शुभकामना वत्ब्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ ।
२०७२ साल असोज ३ गते जारी गरिएको नेपालको नयाँ संविधान तेस्रो वर्ष पुगी चौथो वर्षमा प्रवेश गरेको पावन अवसरमा नेकपा (माले) देश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई, दिदि–वहिनी तथा आमा–बाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
नेकपा (माले) पटक–पटकका राजनीतिक क्रान्ति र जनान्दोलनको वलमा प्राप्त संविधानसभाद्वारा जारी गरिएको नयाँ संविधानले सदियौंदेखिका विभिन्न खाले विभेद र असमानताहरूलाई अन्त्य गर्दै देश शान्ति, शुसासन र समृद्धिको दिशामा सफलताका साथ अघि वढ्ने छ भन्ने विषयमा विश्वास व्यक्त गर्दछ ।
नेकपा (माले) देशमा तीन तहका निर्वाचन सम्पन्न हुनुका साथै तीनै तहका सरकारहरू पनि निर्माण भइसकेका छन् । यस्तो अवस्थामा आवश्यक कानुनहरूलाई चाँडो पूर्णता दिँदै जनताको भावना र मर्म अनुसार समृद्धि निर्माणको निम्ति देशलाई द्रूत गतिमा अघि वढाउन सरकार गम्भिर भएर लागोस् भनी अनुरोध गर्दछ । संविधान दिवसले देशमा स्वतन्त्रता, राष्ट्रिय एकता तथा सद्भाव कायम राख्न तथा देश र जनताको हितको निम्ति सवै राजनीतिक दलहरू जिम्मेवार भएर लाग्न प्रेरणा देओस् भनी शुभकामना व्यक्त गर्दछ । विज्ञप्तिमा भनिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend