logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यातायात व्यवसायीले दशैंको मुखमा अडको थापे । शुक्रवार


  • जन आकाश
  • शुक्रबार, असोज ५ २०७५

 



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको कारण देखाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङलाई रोकेको छ । नेपाल आयल निगमले गरेको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै आजदेखि लागु हुने गरी घोषणा गरिएको दशैंको अग्रिम टिकट बुकिङलाई हिजो बसेको महासंघको बैठकले एकतर्फि निर्णय गर्दै रोकेको हो । यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

यदी मूल्य बृद्धि फिर्ता नलिए भाडा बढाउन पाउनुपर्ने भन्दै व्यवसायीहरुले अडको थापेका छन। आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर आजदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्क्ष हरिशरण केसिले जानकारी दिए । उनले पटकपटक इन्धनको मूल्य बढ्दा गाडी चलाउने नसक्ने अवस्था आएको बताए ।

तर यातायात व्यवसायीले चाडवाडको मौकामा भाडादर बढाउने उदेश्यले मूल्यबृद्धि फिर्ताको कुरा उठाएको यातायात मन्त्रालयका एक कर्मचारीले बताए । उनका अनुसार व्यवसायीले धेरैपटक भडादर बढाउनु पर्यो भन्दै आएका थिए, तर सरकारले त्यसको सुनुवाई नगरेपछि चाडवाडको मौका छोप्दै आफ्नो माग पुरा गराउन अग्रीम टिकट बुकिङ रोकेका हुन् ।

नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend