logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सर्वोच्च अदालत परिसरवाटै नेकपाका नेता कार्की र धमला पुनः गिरफ्तार


  • जन आकाश
  • शनिबार, असोज ६ २०७५

 



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहनबहादुर कार्की र कृष्णप्रसाद धमलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गरेको छ । न्यायाधिशद्वय डा । आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले पटक–पटक गिरफ्तार गरी थुनामा राख्नु कानुनसम्मत नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएपनि प्रहरीले न्यायालयको खिल्ली उडाउदै कार्की र धमलालाई सर्वोच्च परिसरबाटै पुनः गिरफ्तार गरिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘निवेदकलाई प्रवृत्त भावना राखी थुनामा राख्ने कार्यलाई कानुनसम्मत मान्न मिल्ने नदेखिंदा थुनामुक्त गर्ने आदेश जारी गरिएको छ ।’ पटक–पटक पक्राउ गरी गैरकानूनी रुपमा थुनामा राखेको भन्दै चेतन शर्माले रिहाइको माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्य रष्ट्रिारको रोहवरमा रिहा गर्न आदेश दिएको हो ।

रिहालगत्तै पक्राउ परेका नेता कार्की र धमलालाई संखुवासभा लाने तयारी गरिएको छ । त्यस्तै नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई आइतवार सर्वोच्चमा उपस्थित गराइने भएको छ भने केन्द्रीय सदस्य टेक बहादुर केसी ‘आजाद’ र पोलिटव्यूरो सदस्य उमा भुजेल ‘शिलु’को आज बहस गर्न नभ्याएका कारण आइतवार नै सर्वोच्चमा उपस्थित गराइने भएको छ । शिलुलाई महानगरिय प्रहरी बृत्त दरवारमार्गमा राखिएको छ भने आजादलाई जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ ।

निवेदकका तर्फबाट बरिष्ठ अधिबक्ता चण्डेश्वर श्रेष्ठ र एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, लक्ष्मण थपलिया, कान्तिराम ढुंगाना, खिमानन्द अधिकारी र राजु अधिकारीले बहस गरेका थिए ।
त्यसोत जनयुद्ध लडेका यि व्यातित्वहरु नेकपा माओवादीमा चितm नबुझेर सधर्ष गरिरहेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend