logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दशैंको मुखमा कसैले पनि कालाबजारी नगरौं


  • जन आकाश
  • मंगलबार, असोज ९ २०७५

नेपालीहरुको महान चाड विजयादशमी नजिकिँदै आएको छ । यो अवसरमा विभिन्न व्यवसाय गरेर बसिरहेका व्यवसायीहरुको मनग्य व्यापार हुने समय हो जुन बर्षभरीको कमाई यसै दशैले निर्धारण गर्छ भन्छन् । यतिधेरै अवसर हुँदाहुँदै पनि अवसरलाई दुरुपयोग गरेर कतिपय व्यवसायीहरुले कृतिम अभाव देखाएर पनि ग्राहकहरुलाई बढी शुल्क असुलिन्छ भन्ने हल्ला बेलाबेलामा सुनिन्छ भने विशेष गरेर दशैं–तिहारको बेलामा बढी बिक्री हुने खानेतेल, चिनी, घिउ जस्ता खाद्यान्न वस्तुहरुमा कृतिम अभाव सृजना गरेर गरिखाने वर्ग जो नेपाली मौलिक परम्परा मान्नु, जीवनको प्रतिष्ठा ठान्छन् तर आम्दानीको स्रोत सीमित हुन्छ उनीहरुको लागि सोचेभन्दा बजारमा तोकेभन्दा बढी मूल्य तिर्नुपर्ने अरुवेला सजिलै पाइने चिज, वस्तु त्यस ठाउँमा नपाइने, अन्य ठाउँमा खोज्न जान टाढा र कष्ठ व्यहोर्नु पर्ने र महँगो तिर्नुपर्ने यस्तै अभाव र तनाव उत्पन्न गरेर नेपाली महान चाडलाई निरुत्साहित गर्ने काम कसैले गर्नु हुँदैन ।
दशैंको मुखमा यतिखेर आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने पेट्रोलको अभाव सृजना गर्न खोजिएको छ । यातायात चालकहरुले हड्ताल गरेका छन् । पेट्रोल पम्पहरुमा सवारी साधनका लाम लागेका छन् । दशैंको मुखमा सबै नेपालीहरु धेरै भन्दा धेरै खटेर काम गरेर कमाएको पैसाले खुसीका साथ चाडपर्व मनाउने चलन छ । यसवर्ष भने नेपाल आयल निगमको तेल बाक्ने ट्याँकरका चालकहरुले हड्ताल गर्दाखेरी सबै नेपालीहरु इन्धनको अभावमा आक्रान्त बनेका छन् । दुःखी भएका छन्, ट्याँकर चालकहरुप्रति आम नागरिकको विश्वास घटेको छ । सरकारले पनि अव यस्ता नागरिकलाई दुःख दिने ट्याँकहरुलाई आइन्दा पेट्रोल बोक्न नदिने गरी कडा नियम लगाउन ढिलो गर्नु हुँदैन सरकारले दिँदै आएको सुविधा कम भएको भए प्रक्रियागत रुपमा छलफल गरेर टुङ्ग्याउनुपर्छ । ट्याँकर चालकले पाउँदै आएको सुविधा बैज्ञानिक छैन भने सम्बन्धित निकायले त्यसको निकास खोजिदिनुपर्छ ।
त्यसैगरी प्रत्येक नेपालीले हाम्रो मौलिक महान पर्वलाई सबैले खुसी, आनन्द, शान्तिपूर्ण ढंगबाट मनाउन आआफ्नो ठाउँबाट जिम्मेवार भएर आफ्नो परिवार जस्तै खुसी सबैको घर आँगनमा आओस्, छाओस भनेर सोचिदिनुपर्छ अरुको चित्त दुखाएर आफू मात्र कमाउ र रमाउ भन्ने चाहना राख्नु हुँदैन । त्यसैले सकिन्छ भने अरुबेला भन्दा कम नाफा खाएर सुलभ, सरल ढंगबाट ग्राहकहरुलाई सेवा दिई असल नेपाली, सक्षम नेपाली, नेपालको मौलिक संस्कृति जोगाउने नेपाली बनौं ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend