logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बन्द र बन्दको प्रभाव


  • जन आकाश
  • बिहिबार, असोज ११ २०७५

हरि उदासी
नुवाकोट जिल्ला विदुर नगरपालिका माइती भएकी काठमाडौं जिल्ला नागर्जुन न.पा. भिमढुङ्गा निवासी प्रतिमा तामाङ्गले आफ्नो ६ वर्षको छोरालाई निलडाम हुने गरी पिटिन कारण थियो स्कुल नगएको अनि हल्ला थियो उपत्यका बन्दको उनले उपत्यका बन्द भन्ने हल्ला सुनेकी थिइन बिहानको समाचारमा केही कुरा नखुलेको र सवारी साधनहरु, नियमीत जस्तै चलेको देखेपछि फुल्चोकी उच्च मा.वि. कक्षा दुईमा अध्ययन गर्ने छोरा प्रहमिस लाई स्कुल नजिकै भएकोले उनले बुझ्न पठाइन, छोरालाई स्कुल बन्द छ भनेपछि उनले सोही स्कुलमा कक्षा तिनमा पढने छोरा प्रहनिशलाई समेत उनले स्कुल पठाइन तर स्कुलको समय गुज्री सकेपछि उनले थाहा पाइन स्कुल त बन्द रहेनछ , उनले रिसले चुर हुँदै सानो छोराले ढाट्यो भनेर पानीको पाइले निलडाम हुने गरेर बच्चालाई अन्धाधुन्ध पिटीन ……….. । यस किसिमका घट्नाहरु बन्दको प्रभावमा धेरै ठाउँमा घट्ने गर्दछन् । यस विषयमा नत बन्द कर्ताहरले सोचेका छन् न त सत्ताधारीले बन्द हडताल, चक्का जाम पेट्रोल डिजेलको अभाव र हरेक समस्या झेल्दै आएका नेपाली जनताको विषयमा कसैले पनि सोचेका छैनन जुनसुकै सरकार शक्तामा पुगेपनि आफ्नै दुहुनो सोझाउने यहाँको प्रवृति र सत्ता बाहिर रहेका पार्टीहरुको बखेडाले जहिले पनि नेपाली जनता चपेटामा पर्दै आई रहेका छन् …………, औचित्य बिनाको बन्द र अडताल गर्दै आइरहेका नेत्रविक्रम कमरेडहरु एक पटक सोच्ने होकि देशमा यस किसिमको बन्दले कस्तो प्रभाव पार्छ नेपाली जनताले पाउने उपलब्धी के ? सामाजिक, आर्थिक राजनैतिक र मानविय विचारले कहिल्यै सोच्नुभएको छ तपाईहरुले तपाईको बन्दको
खेतीले जन मानसमा कस्तो असर परि रहेको छ नेपाली जनतामा कस्तो असर परिरहेको छ । नेपाली जनताले कति सास्ती भोगि रहेका छन् बन्दको प्रभावले जाग्ने वितृष्णा र नकरात्मक असरले प्रतिमा तामाङ्गको दिमागले गरेको कृयाकलाप र अबोध बालकमा पर्ने मानसिक असरमा पर्ने प्रभावको बारेमा सोच्नुभएको छ । कमरेडहरु आखिर औचित्य बिनाको राजनिती हो या शक्ति र सत्ता कमजोर रहँदा नेपाली जनतालाई …………. आफ्नै पार्टीलाई सघाउने स्टक अस्त्र के भनेर बुझ्ने हो हामीहरुले कृपया अनविज्ञ भएका छौ हामीहरु अध्यारो र अन्धकार भित्रछौ हामी जनता जर्नादन स्पष्ट पारिदिनुहोस न महान बन्दकर्ता कमरेडहरु ………….. ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend