logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सरकार सामन्तवादको पक्षपोषक भयो मैनाली


  • जन आकाश
  • शनिबार, असोज १३ २०७५

 



नेकपा मालेका महासचिव सिपि मैनालीले वामपन्थीहरुको सरकार भनिए पनि अहिलेको सरकार नवसामन्तवादको पक्षपोषक भएको आरोप लगाउनुभयो । हिजो ललितपुरमा नेकपा माले ललितपुरले आयोजना गरेको राजनीतिक संकल्प अभियान उद्घाटन गर्नुहुँदै महासचिव मैनालीले यस्तो आरोप लगाउनुभएको हो । दशैँ नजिकिँदै जादाँ पेट्रोलियम पदार्थको भाउ बढाएर प्रधानमन्त्री अमेरिका उडेको भन्दै मैनालीले चाडपर्वको समयमा मुल्य वृद्धि गर्नु निन्दनीय भएको बताउनुभयो । देशमा हत्या हिंसा , बलत्कारका घटना बढेको तर्फ इंगित गर्दै मैनालीले सरकारको चरित्र बामपंथीको जस्तो नभएर सामन्ती भएको दाबी गर्नुभयो । जनतालाई करको दायरामा ल्याउने नाममा अनावश्यक कर थोपरिएको भन्दै सातपुस्ते सम्पत्ति थुपार्न जनताको कर दुरुपयोग हुने गरेको समेत खुलासा गर्नुभयो । उहाँले बारम्बार सिमाना मिचिँदा पनि प्रधानमन्त्रीले आँखा चिम्लेर बस्नु राष्ट्रघात भएको दाबी गर्दै राष्ट्र र राष्ट्रियता जोगाउन नेकपा मालेसँग हातेमालो गरेर अगाडि बढ्न आमजनसमुदायलाई आग्रह गर्नुभयो ।

मदनभण्डारि राजमार्गको नाममा चुरे दोहन गर्न लागेको भन्दै महासचिव मैनालीले राजमार्गको नाम मदनभण्डारि राखेपछि जनताको बिरोध नहुने र आफ्नो स्वार्थ पनि पूरा हुने भएकोले सरकारले बाठो दाउ गरेको दाबी गर्नुभयो । कतै विमानस्थल बनाउने नाममा जथाभावी रुख काटिने काम सुरुवात भएको छ त कतै राजमार्ग बनाउने नाममा प्राकृति सम्पदाको दोहन भएको भन्दै महासचिव मैनालीले सरकारले देश र जनताको लागि भन्दा पनि आसेपासे पोस्ने कामलाई प्रथमिकता दिएको उहाँको तर्क छ । कार्यक्रम नेकपा मालेका नेताकार्यकर्ताका साथै जनसमुदायको उल्लेखनीय सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend