logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापका कलाकारले जोडे एकता


  • जन आकाश
  • बुधबार, असोज १७ २०७५

काठमाडौं । गएको शनिबार सामाखुसीमा एक भव्य कार्यक्रम गरी रामेछाप कलाकार समाजले सबै रामेछापका रामेछापवासीहरुलाई एउटै थलोमा ल्याउन भूमिका खेलेको थियो । दशैंको मुखमा पारेर दशैं, तिहार शुभकामना आदान प्रदान तथा स्रष्टा सम्मान नाम दिएको कार्यक्रममा रामेछापमा जन्मेर राष्ट्रलाई नै योगदान पु¥याइरहेका कलाकार, पत्रकार, समाजसेवी तथा उद्योगी, व्यापारी, राजनीतिज्ञ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकास्तरीय जनप्रतिनिधिदेखि जिल्लाका प्रतिनिधिसभाका सांसद समेतको उपस्थिति रहेको थियो । कार्यक्रम रोचक, मनोरञ्जनात्मक भएको थियो । वीचबीचमा भाषणभूषण पनि गर्दै नृत्य, गायन, हास्ँयव्यंग्य लगायत थुप्रै विधाका कला प्रस्तुत गरिएका थिए ।
त्यसको अलावा रामेछाप जिल्लाका नभएपनि राष्ट्रलाई कलाकारिता क्षेत्रबाट योगदान पु¥याउने प्रख्यात गाएक विष्णु खत्री, लोक गायिका विमा कुमारी दूरा, लोक गायक राजु परिवारलाई समेत सम्मान गरिएको थियो । पत्रकार विशेष सममान उद्धव कार्की र नवराज पथिकलाई प्रदान गरिएको थियो भने रामेछापबाट विशेष सम्मान प्राप्त गर्ने गायिका शशिकला मोक्तान, सध्या सुनुवारलाई सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप सान्त्वना सम्मान प्रदान गरिएको थियो ।
रामेछाप सांस्कृतिक कलाकार समाजले गरेको उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा वर्तमान सरकारका पार्टीका नेताहरु तथा विपक्षी पार्टीका जिल्ला नेताहरुले मञ्चबाट सामान्य घोचपेच गरे पनि कलाकारहरुको मिठो गीत, उत्साहजनक प्रस्तुती, सबैलाई समेट्ने खालको उद्घोषणले कार्यक्रम रामेछाप सांस्कृतिक कलाकार समाजले गरेको भएपनि राष्ट्रियस्तरको कार्यक्रम भन्न लायक थियो ।
कर्यक्रमको सभापति तथा रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले कार्यक्रमलाई बिट मार्ने क्रममा विगत देखि नै हामीले रामेछापमा जन्मेर काठमाडौं आई बसोबास गर्ने, विभिन्न पेशामा रहेका रामेछापेलीहरुलाई संस्कृतिको क्षेत्रबाट एकतामा जोड्ने प्रयास गर्दै आएका छौं अहिले निकै खुसी लागेको यो कार्यक्रममा रामेछापका सबै क्षेत्रका व्यक्तित्व उपस्थित हुनुभएबाट पनि आउँदा दिनमा हाम्रो एकता अझ बढ्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend