logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डा. शर्मा े सम्मानित, शर्माद्वारा सत्सङ्गालय निर्माणमा १ लाख ११ हजार सहयोग


  • जन आकाश
  • बिहिबार, असोज १८ २०७५

बिराटनगर, १८ असोज । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय निर्माणका लागि साढे १५ धुर जग्गा निःशुल्क प्रदान गरेका छन् । डा.शर्माले पनि सत्संगालय निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गरेका छन् । कार्यक्रममा ९० वर्ष माथिका १३ जना वृद्धवृद्धालाईसमेत सम्मान गरी फलफूल वितरण गरिएको छ ।
सो अवसरमा बोल्दै वडाध्यक्ष खड्गबहादुर बस्नेत, सत्सङ्गालयका अध्यक्ष उपेन्द्र कार्की, स्थानीय दानबहादुर बस्नेत लगायतले सहयोगीहरुप्रति आभार प्रकट गरेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend