जन आकाश
निर शाहले जिस्काए–रुपा थापा
२०२२ साल असोज ३ गते काभ्र्रेको पनौतीमा जन्मिएकी रुपा थापा पेसाले रेष्टुरेन्ट व्यवसायी हुन् र शौषले कलाकार । अव उनको शौख विस्तारै पेसामा बदलिँदै छ । आजभोलि निकै व्यस्त रुपमा कलाकारितामा लाग्न थालेकी छिन् । अर्जुन थापा र कुमारी माया थापाकी कान्छी छोरी दुई दिदी र दुई दाजु कि प्यारी बहिनी रुपाले कलाकार बन्छु भनेर सोचेकी पनि थिइनन् । २०४० साल फागुनमा विहे गरेर चैतमा श्रीमानसँग काठमाडोंमा बस्न थालेकी रुपमा गाउँले र मौलिक भाकाका गीत चाहिँ गाउने रहिछन् । एक दिन कोटेश्वरमा २०५० सालतिरको कुरा रतन दाइले निर शाहलाई भेटाए र कुरा गरे, निर शाहले मसँग नाच्ने हो मैया भनेर जिस्काए म लजाएँ । ख्यालै ख्यालमा त्यतिबेला जीवन रेखा चलचित्रमा कोरसमा नाच्न पुगे मलाई त्यतिबेला कम्मर पनि हल्लाउन आउँदैनथ्यो । त्यतिबेला लागेको कलाको नशा धेरै पछि गौतम ताम्राकार दाइले ‘साइको’ भन्ने चलचित्रमा खेलाउनु भए पछि अलि शान्त भयो । जसमा मैले केटा भएर अभिनय गरेको थिएँ, अहिले वहाँकै निर्देशनमा नेवारी टेलिचलचित्र छटखः नौ देखि छैयासिल भाग सम्म र फल्याः नेवारी मै लगातार अभिनय गर्दै आइरहेकी छु । गर्दै जाँदा हुँदो रहेछ मान्छे चिनिँदो रहेछ, अहिले निर्देशक हरि उदासीसँग म्यूजिक भिडियो मोर्डन बुहारीमा सासुको भूमिकामा, हरि उदासीकै निर्देशनमा अपराध सम्बन्धी टेलिचलचित्र सावधानमा मा डिएसपीको श्रीमतीको भूमिकामा अभिनय गरी रहेको छु, चाँडै नै वहाँको निर्देशनमा बन्न लागेको ठुलो पर्दाको चलचित्रमा आमाको मूख्य भूमिकामा अभिनय गर्ने कुरा चलिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend