जन आकाश
ट्राभल व्यसायि इन्द्र बहादुर गुरुङ्ग नेपाल बैंकमा १० वर्षको जागिर पछाडि ५ वर्ष सम्म वेलायत बसेर आएका इन्द्र बहादुर गुरुङ्ग विगत सात वर्ष देखि काठमाडौंको गंगबुमा मिडल वय ट्राभल संचालन गर्दै आइ रहेका छन् । बस टिकेटिङ्गइएर टिकेटिङ्ग लगायत, विदेशमा इण्डिया बैकक, थाइल्याण्ड र सिङ्गापुरको टुर प्याकेज गर्दै आइ रहेका गुरुङ्ग डोमेष्टिक प्याकमा विशेष लुम्बीनी र सौराहाको टुर प्याकेज गराउने गर्छन् । प्राकृतिक खानी र सुन्दरताको देश अनि गौतम बुद्धको जन्म थलो र सगरमाथाको टाँकुरा भनेर विश्वमा चिर परिचित हाम्रो देश विदेशी पाहुनाको लागि अति महत्व र चाख लाग्दो त छनै त्यस माथि प्राकृतिक सुन्दरताले भरी भराउ यहाँको वातावरण र खोला नाला अनि छटा र छहरासँग विदेशीहरु त्यस्तै त्यसै आनन्दीत र रमाउने गर्दछन् स्याङ्जा जिल्लाको फेदी खोलाको रमाइलो गाउँमा जन्मीएका गुरुङ्ग एव प्राकृतिक प्रेमी हुन यिनै प्राकृतिकका कोषहरुलाई संसार सामु चिनाउन यो ट्राभल पेसामा लागेको कुरा गुरुङ्ग बताउँछन् । नेपालमा आन्तरिक पर्यटकको विकास नहुनुमा चाहाना र इच्छा हुँदा हुदै विविध समस्या र आर्थिक अवस्था नै प्रमुख बाधक भएको कुरा गुरुङ्ग बताउँछन् दरबार हत्या काण्ड पछाडी देखिएको त्रास, भुकम्प पछीको बिग्रीएको संरचना आदि इत्यादी समस्याले गर्दा सिजनमा पनि विदेशी पर्यटकको सोचे जस्तो आगमन नभएको कुरा इन्द्र बहादुर गुरुङ्ग बताउँछन् । अब साँच्चै विदेशी पर्यटकलाई पहिलाको जस्तै स्थीतिमा लेराउने र बाह्य पर्यटकको विकास गर्नेहो भने सरकारले कडा सुरक्षाको व्यवस्था र पुरानो संरचना जस्ताको तस्तै बनाउनै पर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend