logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रशन्नाको सांगीतिक कोशेली स् ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, असोज २६ २०७५

 



काठमाडौँ स्दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् । आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।
गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा निर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend