logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विजया दशमीको सबैलाई चटारो


  • जन आकाश
  • मंगलबार, असोज ३० २०७५

 



विजयादशमीमा घर फर्कनेको लर्को ।
यातायातका कर्मचारी किन गर्छन् झर्को ।
काठमाडौं । नेपालीहरुको महत्वपूर्ण चाड विजयादशमीको चटारो सबैलाई लागिसकेको छ । विदेशमा गएका र भिषा सकिएका कोही कोही विदा मिलाएर घर फर्कनेहरु ताँती लागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगिसकेका छन् । काठमाडौं शहर र अन्य शहरहरुमा गाउँबाट काम गर्न शहर पसेकाहरु शहरमा घर तर गाउँमा नाता कुटुम्ब भएकाहरु एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नको लागि यातायात व्यवसायीहरुका टिकट बेच्ने ठाउँहरुमा टिकट बुकिङ्ग गर्न लाइन लागिरहेका छन् तर अन्य बर्षहरु जस्तै यस वर्ष पनि सर्वसाधारणले सुलभ ढंगबाट टिकट प्राप्त गर्न सकेका छैनन् । टिकट सकिएको बाहनामा टिकट काउन्टरहरुले ब्ल्याकमा अर्थात् बढी पैसा लिएर अर्को बाटोबाट टिकट बेचेको सहजै देखिन्छ । नेपालीहरुको यति महत्वपूर्ण पर्व दशैंका लागि सरकारको जिम्मेवार निकायहरुको राम्रो अनुगमन हुनुपर्ने हो । त्यस्तो गुनासो सम्बोधन गर्ने ठाउँ कतै पनि भेटिदैन ।
जसोतसो तिनै यातायात क्षेत्रमा काम गरिरहेकाहरुसँग अलि बोल्न सक्ने आँट गर्ने युवाहरुलाई झर्को मानेर यातायात व्यवसायीहरुले घुमाई घुमाई कुरा गर्ने र समस्याको समाधान नदिने अर्थात् टिकट पाइँदैन अव रिजर्भमा जानुस् भनेर थर्काउने गर्ने गरेको देखिन्छ ।
उसो त नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुहरुलाई सुविधा दिनुको सट्टा महासंघको उपाध्यक्ष समेत रहेको र सामाखुशी यातायात व्यवसायी संघको अध्यक्ष समेत रहेका सानुकाजी प्रजापतिको नेतृत्वमा कुण्डले, मुन्डलेको जत्था, नयाँ बसपार्क, कलंकी, कोटेश्वरमा परिचालन गरेर यात्रुहरुले आफ्नो अधिकार र टिकट काटेर पनि सिट बस्न नपाउँदा गुनासो गर्दा सानुकाजी प्रजापतिको नेतृत्वमा रहेको टोलिले यात्रुहरुमाथि हातपात गर्ने सम्मको काम भैरहेको देखिन्छ ।
यातायात क्षेत्रमा समितिहरुका नामबाट हुने यसखालका गुण्डागर्दी कहिलेसम्म चल्ने हो र वास्तविक यातायात व्यवसायीहरुमाथि समितिका नाममा उठाइने अनावश्यक रकम कहाँ जान्छ ? र सार्वजनिक रुटमा सर्वसाधारणलाई सेवा सुविधा दिन रुट परमिट लिएका यातायात व्यवसायीले सर्वसाधारणका लागि सहज काम गर्न खोज्दा सानुकाजी जस्ता महासंघका पदाधिकारीले सामाखुशी व्यवसायी संघका अध्यक्षले ती इमान्दार व्यवसायीहरुमाथि गर्ने गरेको आर्थिक शोषण र दबाबले सिँगो यातायात क्षेत्रमा समस्याको रुपमा देखा पर्दैछ ।
किन यस्तो हुँदैछ जिम्मेवार निकाय ट्राफिक व्यवस्थापन महाशाखा, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयले यसमा ध्यान दिनुपर्छ कि पर्दैन आम सर्वसाधारणले आफ्नो मौलिक राष्ट्रिय चाड मनाउन सहज र सुलभ ढंगबाट यात्रा गर्न पाउनु पर्ने नैसैर्गिक अधिकारबाट किन वञ्चित गर्न खोजिँदैछ । सामाखुशी यातायात व्यवसायी संघको अध्यक्षको नेतृत्वमा खटाइएका कुण्डले, मुन्डले र सानुकाजी प्रजापतिमाथि किन निगरानी गरिँदैन । आम यात्रुहरुले यतिबेला चोकचोकमा यही कुरा उठाइरहेका छन् ।
को हुन् सानुकाजी
सामाखुसी यातायात व्यवसायी संघका अध्यक्षको आवरणमा सामाखुसी एरियामा घैंटे नामका डन इन्काउन्टरमा मारिएपछि विभिन्न व्यवसायीहरुलाई केटाहरु परिचालन गरेरघ घैटे कुमारकै सैलीमा सानुकाजीको गुन्डार्गदीले सामाकोशीका व्यवसायी त्रशीतछन सानुकाजीको समुहले सामाकोशीमा धाकधम्की लगाई हप्ता असुल गर्ने हप्तावारी नवुझाएमा पसल ताडफोड गर्ने वसपार्क भित्र अनाधिकृत रुपमा पैशा असुल्ने गरेको व्यवसायीहरुले गुनासो गरेका छन ।
विजयादशमीको अवसरमा खुसी, आनन्द बोकेर घर फर्कन लागेका यात्रुहरुलाई दुःख दिने यस्ता सानुकाजी जस्ता कुण्डले मुन्डलेहरुलाई कुन स्तरको कारवाही हुने हो हेर्न बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend