जन आकाश
डिलकुमारि नेपाल
नेपाली साम्बोलाई रसीयामा ,नेपाली साम्बो खेलाडी सब्बा रानी महर्जनले रसीयाको मस्कोमा हिजो आयोजित अल रसियन जुडो च्याम्पियनसिपमा रसीयाका खेलाडीहरुलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो।बिगत २ महिना देखि साम्बो खेलको बिशेश वैदेशिक प्रशिक्षणको लागि सब्बा रसीयाको राजधानी मस्को स्थिति साम्बो सेबेन्टी क्लबमा आवद्ध भएकी थिइन। निकै आशालाग्दा खेलाडी सब्बाको यो सफलता सगै अन्तर्राष्ट्रिय प्रतियोगितामा आशा गरिएको नेपाल साम्बो महासघका सह(महासचिव कृष्ण बहादुर राउतले बताउनु भयो। नेपाल साम्बो महासघका अध्यक्ष धनन्जय श्रेष्ठको बिशेष पहलमा रसीयामा तालिमको ब्याबस्था मिलाएको हो , साम्बो र जुडो खेल प्राबिधिक रूपमा लगभग उस्तै हुने भएकाले सहभागी गराएको राउतले बताए । सब्बा रानी नेपाली साम्बो खेलकि रास्ट्रीय खेलाडी हुन।काठमाडौको गगबु स्थाई घर भएकीमहर्जन निकै मेहनती खेलाडी रूपमा चिनिन्छ्न।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend