logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चितवनबाट खेलाडी छनौटको प्रकृया सुरु


  • जन आकाश
  • शुक्रबार, कार्तिक ९ २०७५

डिलकुमारि नपाल ,चितवन ,कात्तिक ९ ,
आउदो माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चितवनबाट खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ देखि फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका लागि चितवनमा खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । उतm जानकारी गंगा लामाले बताए ।प्रतियोगिताको लागि खेलाडी छनौट गर्न भन्दै विभिन्न विधाका खेलकुदको लागि आगामी कात्तिक १६ गतेसम्म चितवनका खेलाडीलाई फारम खुलाईएको छ । चितवन जिल्ला खेलकुद विकास समिति भरतपुरका कार्यालय प्रमुख रामजी ढकालले चितवनबाट प्रतियोगितामा भाग लिन जाने खेलाडीको नाम दर्ता भइरहेको बताए।
जिल्लाबाट प्रदेशमा पठाइने र प्रदेशबाट राष्ट्रिय खेलकुदका लागि खेलाडी पठाउने काम अगाडि बढाइएको ढकालले बताए । जिल्लाबाट विजेता भएका खेलाडीले प्रदेशमा समेत उत्कृष्ट प्रदर्शनी गरेपछि मात्रै राष्ट्रिय खेलमा सहभागी हुने भएकाले आगामी मंसिर १४ देखि २१ गतेसम्म विभिन्न खेलको जिल्लास्तरीय छनौट गर्ने ढकालले बताए ।राष्ट्रिय खेलकुदका लागि चितवनबाट एथलेटिक्सलगायत १६ विधाका खेलहरुछन जस्तै फुटबल, भलिबल, बक्सिङ, उसु, कराते, तेकवान्दो, भारत्तोलन, टेबुलटेनिस, क्रिकेट, कबड्डी, बास्केटबल, ब्याडमिन्टन, ह्याण्डबल, सेपाताक्रो, साइकिलिङ, पौडी, बुद्धिचाल, शारीरिक सुगठन जस्ता खेलमा प्रतिस्पर्धा गर्न खेलाडी छनौट गरिने चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारि दिनुभयो ।
सबै खेलमा जिल्लास्तरबाट छनौट गरेर प्रदेशमा पठाइने भएपनि पौडी, साइकिलिङ, शारीरिक सुगठन, बुद्धिचालजस्ता केही खेलमा सिधै राष्ट्रिय खेलमा खेलाडीलाई पठाईने लामाले जानकारी दिनुभएको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend