logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ओलम्पिक पदक लामा लाई रास्ट्रीय घेदुङ्ग द्वारा सम्मान


  • जन आकाश
  • आइतबार, कार्तिक ११ २०७५

 



काठमाडौ ,कातिक १०,
नेपाल रास्ट्रीय तामाङ घेदुङ्गद्वारा राजधानी स्थित केन्द्रीय कार्यालयमा एक समारोहका बिच नेपालको तर्फबाट सन् १९८६ सोल ओलम्पिकमा तेक्वान्दो तर्फबाट मुलकलाई काश्य पदक बिजेता एबम् दर्जनौं अन्तर्राष्ट्रिय प्रतिस्टित प्रतियोगितामा पदक जिताउन सफल बिजेता बिधान लामालाई बिशेष सम्मानको आयोजना गरिएको हो।कार्यक्रमको प्रमुख अतिथि पुर्ब उद्योग राज्यमन्त्री रेशम लामाले प्रमाणपत्र एब खादा ओडाएर सम्मान गर्नु भएको थियो। सोही अबसरमा बोल्दै प्रमुख अतिथी लामाले मुलुक कै एतिहासिक ब्यक्तित्वको सम्मान गर्न पाउँदा खुशी र गर्व महसुस भएको बताउनु भयो ।सम्मानित भएपछि ओलम्पिएन खेलाडी बिधान लामाले आफ्नो जातीय सस्थाले पहिलो पटक सम्मान गरेकोमा खुशी हुदै, मन्तव्यको क्रममा आयोजक समिती लाई धन्यवाद ब्यक्त गरेका हुन् । कार्यक्रममा तामाङ समुदायका लब्दप्रतिस्ठित ब्याक्तित्व हरु डिके बुदिस्ठ ,शसस्त्र प्रहरी बल पुर्ब एआइजी डा कृष्ण कुमार तामाङ ,समाजसेबी एब नायिका सुकमाया मोक्तान लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो।नेपाल तामाङ रास्ट्रीय घेदुङ्गका अध्यक्ष वीर बहादुर योन्जनको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ रास्ट्रीय घेदुङ्ग खेलकुद प्रमुख डिएन घिसिङ ले स्वागत गर्नु भएको कार्यक्रममा का महासचिब प्रबिन बलले सन्चालन गरेका थिए।सोही अबसरमा ,रास्ट्रीय घेदुङ्गका बरिस्ठ उपाध्यक्ष शान्ता लामा,केन्द्रिय सदस्यीय बिकाश ब्लोन, हिरा गोले,धन बहादुर तामाङ ,बबिता योन्जन ,प्रहरी उपरीक्षक निर्मल लामा,रास्ट्रीय तामाङ घेडुङ्ग इजरायलकि उपाध्यक्ष निरु मोक्तान,नेपाल युबा मगर सघका अध्यक्ष जय बुडा मगर, समाजसेवी तस्बिर मोक्तान,रास्ट्रीय घेदुङ्ग सन्चार बिभागका अध्यक्ष कर्म लामा सास्कृतिक बिभाग महासचिब जगत घिसिङ र सचिब अबिशेक तामाङ लगायतको उपस्थित रहेका थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend